एनसेलको ‘वान प्लान’



 

काठमाडौं, (नेस)
एनसेलले साप्ताहिक ‘वान प्लान’ कम्बो प्याक ल्याएको छ। यस अन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ दरमा भ्वाइस, डेटा, एसएमएस र योन्डर म्युजिक सेवाको एकै प्याकमार्फत् लिन सक्नेछन्।

असार १ गतेदेखि लागू हुने वान प्लान प्याक एनसेलका सबै प्रिपेड र पोष्टपेड ग्राहकका लागि रहेको छ। यसका साथ–साथै यो योजनाअन्तर्गत प्याक सुचारु गर्ने ग्राहकले एक हप्तासम्म योन्डर म्युजिक एपमा निःशुल्क अनलाइन गीत संगीतको मजा लिन सक्नेछन्।

वान प्लान योजनाअन्तर्गत एनसेलका ग्राहकले आफ्नो आवश्यकताअनुसार वान प्लान १५०, वान प्लान ३०० र वान प्लान ५०० गरी तीन वटा प्याक लिन सक्नेछन्। वान प्लान १५० प्याकमा ग्राहकले एक हप्ताको प्याक १५० मा लिएर ५०० एमबी डेटा, १०० मिनेट अन नेट टक टाइम र २०० वटा अन नेट एसएमएस सेवाको मजा लिन सक्नेछन्। त्यस्तै वान प्लान ३०० अन्तर्गत ग्राहकले ३०० मा १५०० एमबी डेटा, ३०० मिनेट अन नेट टक टाइम र ६०० वटा अन नेट एसएमएस पाउनेछन््।

त्यसैगरी ग्राहकले वान प्लान ५०० अन्तर्गत मात्र रु ५०० मा ३००० एमबी डेटा, ६०० मिनेट अन नेट टक टाइम र १२०० वटा अन नेट एसएमएस सेवा प्राप्त गर्नेछन्। वान प्लान योजनाअन्तर्गत कुनै पनि प्याक सुचारु गरेका ग्राहकले एक हप्तासम्म योन्डर म्युजिकमा निःशुल्क अनलाइन गीतहरूको मजा लिन सक्नेछन्। योन्डर म्युजिक एप १५ हजारभन्दा बढी नेपाली गीत संगीतसहित २ करोडभन्दा बढि गीतहरू समावेश गरिएको डिजिटल म्युजिक लाइब्रेरी हो।

उल्लेखित वान प्लान प्याकका शुल्क सबै कर सहित हुन् र प्याक सुचारु भएको दिनदेखि एक हप्ताको लागि मान्य हुने कम्पनीले जनाएको छ ।‘ डेटाको साथै भ्वाइस र एसएमएस सेवाको बढ्दो मागलाई सम्बोधन गर्नका लागि हाम्रा ग्राहक माझ यी कम्बो प्याकहरू ल्याउन पाउँदा हामी खुशी छौं। यसले ग्राहकलाई थप लाभ प्रदान गर्नेछ,’ कम्पनीका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो।
वान प्लान प्याकले दिने लाभबाट फाइदा लिनका लागि ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी त्यसपछि अंग्रजी अंक ४ थिचेर आफ्नो आवश्यकताअनुसारको प्याक सुचारु गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्