हेर्दै मात्रै जाऔं न !



 

बुधबार धरहराले एक जना नवनियुक्त नेपाली राजदूतको भनाइ सुन्दै थियो। उहाँ ओहदाको प्रमाणपत्र नबुझाएको तर फलानो फलानो मान्छेलाई भेटेर फलानो फलानो काम गरिसकेको बताउँदै गरेको अवस्थामा देखिनुभयो। होइन के आएछ चलन ? कूटनीतिक मर्यादाअनुसार त पहिला ओहदाको प्रमाणपत्र बुझाएपछि मात्रै अरू काम गर्ने चलन हुन्थ्यो।

तर, हाम्रा राजदूतले त अगाडि नै पो भ्याइदिइसक्नुभएछ। पहिला छिमेकतिरका राजदूतले आएर ओहदाको प्रमाणपत्र नबुझाई के–के गरे भनेर हाम्रोमा हल्ला हुन्थ्यो। अहिले त हाम्रैले पो त्यसो गर्न थालेछन्। उता हल्ला हुन्छ कि हुन्न कुन्नि ? के सिकाएछन् हाम्रो देशका कूटनीतिक गुरुहरूले ? अझ नियुक्त गर्नेले के सम्झेर नियुक्त गरेका होलान् ?

हुनत कूटनीतिलाई समसामयिक बनाइएको भन्ने तर्क पनि आउन सक्छ। ल त्यो पनि मान्दिम्ला त्यसो हो भने ओहदाको प्रमाणपत्र बुझाउने चलन पनि किन बसाल्नु पर्यो त। विद्युतीय माध्यमबाट नै ओहदाको प्रमाणपत्र बुझाउने हो कि ? धरहराले हेर्दै मात्रै जानुपर्छ के–के देखिने रहेछ के–के ?

प्रतिक्रिया दिनुहोस्