यामाहा फेस अफ फेसिनोका विजेता घोषित



 

काठमाडौं, (नेस)
यामाहा फेस अफ फेसिनोको विजेताका रूपमा पोखराकी अलिना लामिछाने गुरुङ घोषित भएकी छिन्। यामाहा मोटरसाइकल तथा स्कुटरका लागि नेपालको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा फेस अफ फेसिनो भोटिङ कन्टेस्टका विजेताको नाम सोमबार घोषणा गरेको हो। विजयी अलिनाले यामाहाको तर्फबाट पुरस्कारस्वरूप सामसुङ ग्यालेक्सी एस–८ प्राप्त गरेकी छिन्।

लक्की ड्र समारोहमा यामाहा मोटरसाइकलका लागि नेपालका ब्रान्ड एम्बेस्डर तथा नेपाली क्रिकेट ब्याट्सम्यान शरद भेषावकर र मिस नेपाल इन्टरनेसनल–२०१७ नीति शाहको सहभागिता थियो। नीति शाहले लक्की ड्रमार्फत १ लाख ४० हजार ८ सय ७१ भोटमध्येबाट भोटिङ कन्टेस्टर विजेताको नाम निकालेकी हुन्।

 

प्रतिक्रिया दिनुहोस्