विप्लव माओवादीद्वारा ताप्लेजुङमा जनसरकार गठन निर्वाचन बिथोल्ने संकेत



 

रविन भट्टराई, ताप्लेजुङ
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ताप्लेजुङमा धमाधम जनसरकार गठन गर्न थालेको छ।

शान्ति प्रक्रियाको थालनीसँगै तत्कालीन नेकपा माओवादीले विगठन गरेको जनसरकारकै झल्को दिने गरी नगरपालिकासहित सबै गाउँपालिकामा जनसरकार गठन गरेको सो पार्टीले जनाएको छ। सरकारले बनाएको गाउँपालिका र नगरपालिकाको संरचना र सराकरको कानुनले जनतालाई न्याय नहुने भन्दै ताप्लेजुङमा हालसम्म ३५ वटा जनसरकार गठन गरेको सो पार्टीका जिल्ला इन्चार्ज आशिषले बताएका छन्।

पहिले माओवादिले भन्ने गरेको जनसरकारलाई सो पाटिले जनपरिषद नामाकरण गरेको छ। अहिलेको केन्द्रीय तहलाई नमान्ने बताउँदै जिल्लााक एक नगरपालिकासहित पहिलेकै गविसलाई आधार मान्दै १ नगरपालिका र ४८ वटै साविकको गाउँपालिकामा जनसरकार गठन गर्ने क्रम जारी रहेको इन्चार्ज आशिषको दाबी रहेको छ।

जनसरकारअघि गाविसको वडामा ३ देखि ७ सदस्यीय तदर्थ समिति गठन गर्ने र सो समितिको भेलाले १५ सदस्यसम्मको जनसरकार गठन गरी काम गर्ने उनले बताए। जनसरकारबाहेक नै १३ वटा तदर्थ समिति गठनसमेत भइसकेको सो पार्टीले बताएको छ।

जिल्लाबाट केन्द्रीय जनप्रतिनिधि सभा सदस्यका रूपमा राकेश दाहाललाई छनोट गरेको पार्टीको भनाइ छ। केन्द्रीय तहको निर्वाचनको समयमा किन गठनलाई तीव्रता दिनुभएको भन्ने हाम्रो प्रश्नमा आशिषले केन्द्रीय तहको निर्वाचनको खारेजीको आन्दोलनमा आफूहरू भएको र त्यसकै तयारीस्वरूप आफूहरूले अभियानकै रूपमा जनसरकार गठन गरेको इन्चार्जले बताए।

सरकारले आफूहरूको मागलाई बेवास्था गर्दै गए गाउँ तहबाटनै आफूहरूले सरकार चलाउने उनले बताए। केन्द्रीय तहको निर्वाचन बिथोल्ने भन्दै ताप्लेजुङमा आफ्नो एक कार्यकर्ता पक्राउ गरेको र असार २ गतेसम्ममा बिनासर्ता रिहा नगरे मतदान अधिकृतदेखि कर्मचारीसम्मलाई अपहरण गर्ने र ताप्लेजुङ बन्दसम्मको आन्दोलन गर्ने इन्चार्ज आशिषले चेतावनी दिए। केही दिनअघि सोही पार्टीका राम चुडाललाई प्रहरीले पक्राउ गरेपछि जिल्लाका सबै नेता–कार्यकर्ता भूमिगत अवस्थामा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्