‘घोराहीलाई प्रादेशीक राजधानी बनाउन पहल थाल्छु’



मेयरकी उम्मेद्धार सुसीला आचार्य भन्छीन्:‘घोराहीलाई प्रादेशीक राजधानी बनाउन पहल थाल्छु’

काठमाडौं (नेस) ।
दाङको घोराही उपमहानगरपालीकाबाट मेयर पदमा नेकपा क्रान्तीकारी माओवादीका सुसीला आचार्यको उम्मेद्धारी परेको छ ।
पार्टीको वैधानिक मोर्चा देशभक्त जनगणतान्त्रीक मोर्चा मार्फत मेयर पदमा आचार्यले घोराहीमा पत्रकार सम्मेलन मार्फत उम्मेद्वारी घोषणा गर्नुभएको हो ।

संवीधानले जनताका अधिकारहरु सम्वोधन नगरेको भन्दै वर्तमान संवीधानको भण्डाफोर र उपमहानगरपालिकालाई समृद्ध विकासमैत्रि बनाउन उम्मेद्धारी दिएको आचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘यस क्षेत्रको बिकासका लागी गुरुयोजना बनाएर अघी बढ्ने छुं । घोराही उपमहानगरपालिकालाई समृद्धि बनाउने मेरो परीकल्पना हो ।’

दाङलाई प्रादेशिक राजधानी बनाउन बिशेष पहल थाल्ने पनि मेयर पदकी उम्मेद्धार आचार्यले बताउनुभयो ।

साथै उहाँले अव्यवस्थित बसोवास र बजारीकरणलाई बैज्ञानीक बनाउने बताउनुभयो ।

घोराही उपमहानगरपालिकामा १९ वटा वडा रहेका छन् । आचार्य नेकपा क्रान्तीकारी माओवादीका अध्यक्ष मोहन बैद्य किरणकी बुहारी हुनुहुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्