इँट्टाको गारो खस्दा ६ मजदुर घाइते



रत्ननगर (चितवन), ३१ जेठ । पूर्वी चितवनको रत्ननगरस्थित पिठ्वामा इँट्टाको सुख्खा गारो खस्दा ६ जना मजदुर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार माछाको दाना उद्योगमा काम गर्ने मजदुर सुतिरहेका बेला बिहान करिब ४ बजेको समयमा हावाहुरीका कारण इँट्टाको सुख्खा गारो खस्दा घाइते भएका हुन् ।

हावाहुरीले इँट्टाको सुख्खा गारो भत्काउँदा घाइते भएका मध्ये दुईको कलेज अफ मेडिकल साइन्सेज, भरतपुर र चारजनाको भरतपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नियन्त्रण कक्षले जानकारी दिएको छ ।

सर्लाहीका राजेन्द्र राय र भारतका लालु यादव गम्भीर घाइते भएकाले उनीहरुको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ ।

भारतमा घर बताउने ३० वर्षीय बसिर मिया, ३२ वर्षीय सिकेन्द्र पण्डित र १७ वर्षीय भोला द्विन तथा बाराका १७ वर्षीय किसन महतोको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्