‘छोरा नपाउँदा पतिबाटै शत्रुवत् व्यवहार’



 

रोशन पराजुली, हेटौंडा
उनलाई सायद असह्य भएछ, जुरुक्क उठिन्। र, पोख्न थालिन् आफूले भोगेका पीडाका पोका। अन्य महिलाले आफूले घरपरिवारबाट भोगेका पीडा अनि महिला हिंसाबारे बताइरहँदा उनी रुँदै जुरुक्क उठेकी थिइन्।

हेटौंडा–११, नवलपुरकी गीता शिवाकोटीले मनैदेखि आफ्ना पीडाका पोका एकएक गर्दै खोलिन्। सुन्नेका आँखा रसाए। उनले सार्वजनिक कार्यक्रममा भनिन्– दुई छोरीकी आमा छु। छोरा नपाएको भन्दै घरपरिवारले शत्रुजस्तो व्यवहार गर्नुहुन्छ।

छोरीहरूलाई असल नागरिक बनाउने अठोट लिएको बताउँदै गीताले यसोभन्दा पनि पति र घरपरिवारले छोरा नभइनहुने ढिपी लिएको गुनासो गरिन्। सहभागी अन्यको तुलनामा फरक महिला पात्रका रुपमा देखिएकी गीताले आफूमाथि भएको हिंसाले पारिवारिक चोट थपेको सुनाइन्।

उनले भनिन्– छोरा नजन्माएसम्म ममाथि भएको दुव्र्यवहार रोकिने छैन। गर्भवती अवस्थामा समेत राम्रोसँग खान⁄बस्न नदिएको समस्या सुनाउँदा महिला अधिकारका क्षेत्रमा आफूहरू क्रियाशील रहेको दाबी गर्नेहरूमा मौनता देखिन्थ्यो।
मनहरी गाउँपालिका हाँडीखोलाकी अञ्जु स्यांतानले पनि आफूमाथि भएका हिंसा खुलेर सुनाइन्। वैवाहिक यौनहिंसा बढेको गुनासो सहभागी महिलाले गरे।

हेटौंडामा सोमबार भएको ‘प्रथा, परम्परा तथा सामाजिक कुरीतिका कारण महिलामाथि हुने हिंसा’ विषयक अन्तत्र्रिmयाका वक्ता महिलाहरूले यस्तो बताएका थिए।

‘पत्नीको इच्छा नहुँदा पनि यौनसम्पर्कका लागि जबर्जस्ती गर्दा खुलेर भन्नसक्ने अवस्था छैन,’ शक्ति समूह नेपालकी क्षेत्रीय प्रमुख अस्मिता लामाले भनिन्। राष्ट्रिय महिला आयोगकी कानुन अधिकृत निर्मला गुरुङले सामाजिक कुरीति र दाइजोलगायत यौनजन्य दुव्र्यवहारका कारण महिलामा हुने हिंसासम्बन्धि कार्यपत्र प्रस्तुत गरेकी थिइन्। आयोगले सामाजिक कुरीतिका कारण महिलामा पर्ने असरका रुपमा हत्या र आत्महत्या, शारीरिक, मानसिक, यौनजन्य यातना, आर्थिक यातना, घरपरिवार तथा गाउँबाट निकाला, असुरक्षा, महिलाको समग्र विकास प्रक्रियामा असर र मातृत्वको अधिकारबाट वञ्चित हुनुपर्ने जनाएको छ।

महिला अधिकार प्रवद्र्धन गर्न कानुनको कडाइसाथ कार्यान्वयन गर्नुपर्नेमा कार्यक्रममा जोड दिइयो। हिंसा न्यूनिकरण गर्न महिलालाई सचेत र आत्मनिर्भर बनाउँदै दोषीलाई उन्मुक्ति दिन नहुने दाबी कार्यक्रममा गरिएको थियो।
राष्ट्रिय महिला आयोगको कार्यपत्रमा ६ वर्ष अवधिमा ५ सय ९३ महिला हिंसा भएको उल्लेख छ। आयोगकी कानुन अधिकृत निर्मला गुरुङले २०६८ देखि २०७३ सम्म ५ सय ९३ महिलामा हिंसा भएको उल्लेख गरिन्। २०७३ साउनदेखि २०७४ वैशाखसम्म ५८ महिलामा हिंसा भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्