प्रधानन्यायाधीशका लागि ६ जनाको नाम सिफारिस



 

काठमाडौं, (नेस)
न्याय परिषद्ले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका लागि गोपाल पराजुलीसहित ६ न्यायाधीशको नाम मंगलबार सिफारिस गरेको छ। परिषद्ले पराजुलीसँगै दीपकराज जोशी, ओमप्रकाश मिश्र, देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्रशमशेर जबरा र जगदीश शर्मा पौडेलको नाम सिफारिस गरेको हो।
उमेर हदका कारण अवकाश पाउनुअघि तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले गत मंगलबार ६ जनाको नाम सिफारिस गर्नुभएको थियो। तर, कार्कीले गरेको यो सिफारिसको संवैधानिक हैसियत नहुने भन्दै परिषद्ले अर्को सिफारिस गरेको छ।

न्याय परिषद्ले पठाएको नाममध्येबाट संवैधानिक परिषद्ले नियुक्ति सिफारिस गर्नेछ। परिषद्को सिफारिस संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्