ट्रेलरमा डा. खाते



 

रवि अर्यालको निर्देशन र अभिनेतृ रोशनी केसीको निर्माणमा बनेको फिल्म डा. खातेको ट्रेलर सार्वजनिक गरिएको छ। सडक बालबालिका, घरेलु श्रमिक, बाल हिंसा तथा बालश्रमविरुद्धको आवाज भनिएको फिल्म आगामी साउन ६ गतेबाट रिलिजमा आउने भएको छ।
कार्यक्रममा निर्मँत्री केसीले आफू समाज सेवामा पनि सक्रिय रहँदै आएकाले समाजकै कथालाई फिल्ममा प्रस्तुत गरिएको दाबी गर्दै फिल्मको प्रदर्शनबाट प्राप्त हुने रकमको केही प्रतिशत बालबालिकाकै बौद्धिक विकासमा खर्च गर्ने बताइन्। फिल्मका कास्टिङ निर्देशक डब्बु क्षत्रीले सडक बालबालिकालाई अभिनयका लागि तयार गर्न निकै कठिन भएको बताए। उनले झण्डै एकदर्जन सडक बालबालिकामध्ये अमृत परियार, सन्तोष नेपाली, सूर्य गुरुङ र सुभाषलाई लामो समयको प्रशिक्षण पश्चात अभिनयमा उतार्न सफल भएको जनाए।

फिल्ममा ४ सडक बालकसहित रोशनी केसी, सम्राट सापकोटा, शिल्पा पोखरेल, कुमार गजुरेललगायतका कलाकारले अभिनय गरेका छन्। जगदिश्वर थापा र रवि अर्यालको लेखन रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन, तारा थापा किन्भेको सम्पादन र सचिन सिंहको संगीत रहेको छ।

प्रतिक्रिया दिनुहोस्