ट्याक्सी खस्दा दुईजनाको मृत्यु



पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ चिलाउनघारीमा बा २ ज २३५२ नम्बरको ट्याक्सी सडकबाट १५० मिटर तल खोल्सामा खस्दा दुईजनाको मृत्यु भएको छ ।

गए राति भएको दुर्घटनामा ट्याक्सी चालक सिन्धुपाल्चोक मांखाका २४ वर्षका बुद्धिबहादुर लामा र ट्याक्सीमा यात्रा गरिरहेका सिन्धुपाल्चोक सिम्लेका वर्ष ४० का मानबहादुर तामाङको ज्यान गएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईले बताउनुभयो ।

दुर्घटनामा घाइते भएका कृष्ण तामाङको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्