सामाजिक जवाफदेहिता कार्यक्रमपनि राजपाले विथोल्यो



लक्ष्मी कुमार साह, महोत्तरी ।
राष्ट्रिय जनता पार्टी नेपालले जलेश्वरमा सञ्चालित सामाजिक जवाफदेहिता कार्यक्रम विथोलेका छन ।

 

नेपाल रेडक्रस महोत्तरी शाखा जलेश्वरमा नेपाल मधेश फाउन्डेशन केन्द्रिय कार्यालय काठमाडौंको आयोजनामा सञ्चालित सामाजिक जवाफदेहिता सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रममा राजपाका कार्यकर्ताहरुले विथोली कुर्सी तोडफोड गरेका छन् ।

 

कार्यक्रममा सिमरदही, नैन्ही, कोल्हुवाबगेया र पिगौनाका सचिव, स्वास्थ्य चौकीका प्रमुखहरु, विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिति रहेको थियो ।

 

नेपाल मधेश फाउन्डेशनका जिल्ला संयोजक अर्जुन साहले आफूहरुले चलाइरहेको कार्यक्रम सकिनै लागेको समयमा एक्कासी राजपाका कार्यकर्ताहरु आई १ ल्यापटप र १ कुर्सी तोडफोड गरेका छन् । उनले आफूहरु पनि मधेश र मधेशीहरुको हकहितको लागि घोषणा गरेको आन्दोलनलाई समर्थन गरेको बताउँदै राजपाहरु केही संयमता अनपाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्