‘विश्वासको वातावरण बनाएका छौं’



सुरेश जैसवाल
सेल्स मेनेजर, वृज सिमेन्ट

अहिले बजारको अवस्था कस्तो छ, मागअनुसार आपूर्ति भएको छ कि छैन ?
अहिले बजारको अवस्था एकदम ठिक छ। भारतको क्लिकंरले गर्दा कही अप्ठ्यारो भए पनि अहिले त्यस्तो अवस्था छैन। यो सिजनको पनि समय भएकाले सिमेन्टको बिक्री राम्रो छ। माग अनुसारको आपूर्ति गरिरहेका छौं। नेपालमा कुल मागको ८५ प्रतिशत स्वदेशी सिमेन्टले धान्दै आइरहेको छ। वृज सिमेन्टले भैरहवामा प्लान्ट राखेर उत्पादन गर्दै आएको छ।

पीपीसी र ओपीसी जस्ता कुरा सिमेन्टमा हुन्छन् जनताले सिमेन्टको बारेमा कसरी बुझ्ने ?

ओपीसी सिमेन्ट ठूलो परियोजनका लागि प्रयोग हुन्छ जस्तै पुल। हाइड्रोपावर, बाटोघाटोमा हुन्छ। तर, आजकाल जनमानसमा के बसिसकेको छ भने चाहे ढलानमा होस् या प्लास्टरमा ओपीसी सिमेन्ट प्रयोग गर्ने गरेका छन्। तर, त्यो होइन ओपीसीमा के छ भने यसमा चाँडो जडान क्षमता हुन्छ। घरको लागि खासगरी पीपीसीकै जरुरी पर्छ। ओपीसी छत तथा पिलरमा प्रयोग गर्न सकिन्छ । यसअघि ओपीसी नआउँदा ठूल्ठुला भवन पीपीसी सिमेन्टले नै बनेका हुन्। भूकम्प आएपछि नेपालमा सबैको ध्यान ओपीसी सिमेन्टको प्रयोगमा गएको छ। पीपीसी र ओपीसीको मूल्यमा पनि सय रुपियाँ हुन्छ।

बजारमा धेरै थरिका सिमेन्ट छन्, सर्वसाधारणले राम्रो सिमेन्ट कसरी छान्ने ?
पहिलो कुरा गुणस्तर हो, गुणस्तर चिन्ह छ कि छैन, कहिले देखि उत्पादन गरिरहेको छ, हाम्रो सिमेन्ट १३ वर्षदेखि चलिरहेको छ। एउटा विश्वासको वातावरण त बनाएका छौं हामीले। इन्जिनियरसँगको सल्लाह गर्ने, काम गर्ने डकर्मीहरूसँग पनि आइडिया हुन्छ। यसको टेस्ट गर्ने पनि विधि हुन्छ। जुन कम्पनीले लङ लाइफको लागि हिँडिरहेका छन् तिनीहरूले क्वालिटीमा सम्झौता गर्दैनन्, हामी पनि गर्दैनौं।

ठाउँअनुसार जस्तै हिमाल, पहाड र तराईमा फरक किसिमका सिमेन्ट प्रयोग गर्न सकिन्छ ?

अहिलेसम्म त त्यस्तो छैन। औसत मापदण्डमा तोकिएकै छ, जुनसुकै ठाउँमा प्रयोग हुन सक्छ।

सिमेन्टमा गे्रडको कुरा के हुँदैछ ?

अहिलेसम्म केही भएको छैन। ओपीसी पीपीसी मात्र भनिएको छ। ग्रेड तोकिएको छैन, ग्रेड भइदिएको भए राम्रो हुन्थ्यो। त्यसमा गुणस्तरको निगरानी भइदिएको भए अझ राम्रो हुन्थ्यो।१३ प्रतिशत मार्केट हामीले आगटेका छौं । ग्रेड भएको भए उपभोक्तालाई छनोटमासहयोग पुग्थ्यो।

भारत र नेपालको क्लिंकरमा केही फरक छ?

क्वालिटीमा भन्नुपर्दा त्यसको प्लान्ट कस्तो छm कतिको ठूलो छ। सिस्टम कस्तो छ त्यसमा भर पर्ने कुरा हो तर धेरै नै फरक पर्छ भन्ने त लाग्दैन मलाई। भारतको उच्च गुणस्तरको नेपालीे न्यून गुणस्तरको भन्ने होइन। नेपालमा पनि किल्न्किर उत्पादन भइरहेका नै छन्।

आगामी दिनमा सिमेन्टको अवस्था कस्तो देख्नु भएको छ?

नेपालमा सिमेन्टको अवस्था राम्रै छ। किनकी नेपाल पूर्ण रूपमा विकसित भइसकेको छैन विकासको क्रम जारी छ। निर्माणको क्रम जारी छ। त्यसैले हामीलाई आशा राख्ने ठाउँ छ।

 

नयाँ आउने उद्योगलाई के भन्नुहुन्छ?

नयाँ उद्योग आउनु राम्रो हो। तर, एउटा कुरा के भने कस्तो प्लान्ट आउँछन्। रोटरी कि ग्रान्डलिमिट। बाहिरबाट क्लिंकर आयात गर्ने कम्पनी आउँदैछ कि आफै नेपालमा क्लिंकर उत्पादन गर्ने कम्पनी आउँदैछ।

तपाईको आफ्नो उत्पादनको बिक्री प्रवद्र्धन कसरी गरिराख्नुभएको छ?

हाम्रो प्रवद्र्धन कार्यक्रम त चलिराखेको नै हुन्छ।

मूल्य नियन्त्रणमा कस्तो पहल भइरहेको छ?

क्लिंकरको मूल्यअनुसार सिमेन्टको मूल्य निर्धारण हुन्छ। अब क्लिकंरको मूल्य घट्ने सम्भावना छ।

 

 

प्रतिक्रिया दिनुहोस्