कंगनाविरुद्ध उजुरी



 

बलिउड फिल्म डाइरेक्टर चेतन मेहताले बलिउड क्विन कंगना रनावतविरुद्ध मुम्बई पुलिसको इकोनमिक अफेन्स विंगमा उजुरी दर्ता गराएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार धोका दिएको तथा विश्वास हनन गरेको आरोप लगाउँदै उनले सो कदम अघि बढाएका हुन्।

मेहताका अनुसार आफ्नो ड्रिम प्रोजेक्ट झाँसीका रानी लक्ष्मीबाईमाथि बन्न लागेको फिल्म मणिकर्णिकाको स्क्रिप्ट कंगनाले हाइज्याक गरेकी थिइन्।
जब कंगनाले फिल्म मणिकर्णिकामा काम गर्न शुरु गरिन्, तबदेखि नै एकपछि अर्को गर्दै विभिन्न विवादमा फसिरहेकी छिन्। पहिला पनि फिल्मका लेखकले कंगनाले सहलेखकको क्रेडिट लिन खोजेको आरोप लगाएका थिए। अब फिल्मका डाइरेक्टरले फिल्मको कथा चोराइएको आरोप लगाएका छन्।

केतन मेहताले कंगनामाथि आरोप लगाउँदै भनेका छन्– ‘पछिल्लो १ वर्षदेखि कंगना र फिल्म युनिट कंगनालाई लिएर फिल्म बनाएकोमा चर्चामा छ। त्यस कारण पनि कंगनालाई विश्वास गर्दै मैले स्क्रिप्टको केही भाग तथा स्केच मेटेरियल पनि शेयर गरेको थिएँ। त्यसपछि झन् हामी छक्क पर्यौं, जब थाहा भयो कि कंगना यो फिल्म अरू कसैसित गरिरहेकी छिन्।’ यो सबै कारणले गर्दा केतनले कानुनी सूचना पनि पठाएका थिए।

केतन मेहताले दुःख व्यक्त गर्दै भनेका छन्– ‘म र मेरो टिम यो फिल्मका लागि १० वर्षदेखि मिहिनेत गरिरहेका छौं। हाम्रो यो फिल्म जिन्दगीभरिको मेहिनत हो। जसरी कंगनाले यो प्रोजेक्ट हाइजेक गरिन्, हामी कत्ति पनि सहन सक्दैनौं।’

प्रतिक्रिया दिनुहोस्