प्रहरीद्वारा एक कठ्ठाको गाँजा नष्ट



सीताराम चौधरी, कपिलवस्तु ।
वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुले लागू औषधको कच्चा पदार्थ गाँजा एक कार्यक्रमका बीच सोमबार नष्ट गरेको छ ।

 

शिवराज नगरपालिका ३, खरेन्द्रपुर क्षेत्रमा उम्रिएका झण्डै एक कठ्ठाको गाँजा फडानी गरेर प्रहरी परिसरमा ल्याई जलाएर नष्ट गरेको हो । सोमबार विहान प्रहरी परिसरमा पत्रकार सम्मेलन गर्दै फडानी गरी ल्याएको गाँजाको बोट नष्ट गरेको प्रहरी निरीक्षक झविन्द्र प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

लागू औषध सेवनकर्ताको लहैलहैमा लागेर बालबालिकाहरु गाँजा, भाङ जस्ता लागू औषधको कूलतमा नपरुन् भन्ने उद्देश्यले खेतमा आफैं उम्रिएका गाँजा नष्ट गरिएको प्रहरी निरीक्षक भट्टराईले बताउनुभयो । आफ्नो सेवाक्षेत्रमा यस किसिमका लागू औषधको कारोबारमा कमी ल्याउन अभियान अगाडि सारेको उहाँले बताउनुभयो । साथै उहाँले सम्पूर्ण जनसमुदायलाई प्रहरीको अभियानमा सहयोग पु¥याउन आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्