प्यूठानबाट २ लाख केजी जडिबुटी निर्यात, ३ करोड आम्दानी



सलिम अन्सारी, प्यूठान ।
यहाँ जडिबुटीको निर्यात बढेको छ । जिल्लाबाट एक बर्षमा दुइ लाख किलो जडिबुटी निर्यात भएको हो। गत बर्ष निर्यात नभएको रिठाको फल समेत यो बर्ष निर्यात भएको जिल्ला बन कार्यालयले बताएको छ ।

चालु आर्थिक बर्षमा व्यातmीगत, राष्टिय र निजी बनबाट उत्पादित ३१ हजार ३ सय केजी रिठा निकाशी भएको छ । प्रतिकेजी १२ रुपैयाँको दरले बिक्री गर्दा पनि रिठाबाट मात्रै ३ लाख ७५ हजार ६ सय रुपैयाँ किसानले आम्दानी गरेका छन । बन कार्यालय श्रोतका अनुसार यो अबधि सम्ममा २ करोड ८० लाख भन्दा बढी मुल्य बरावरको जडिबुटी जिल्ला बाहिर निकाशी भएको छ । रिठा, दालचिनीको बोक्रा तथा तेजपात, टिमुर र अल्लो निकाशी भएको हो ।

उत्पादित जडिवुटी नेपालसँग सिमाना जोडिएका कपिलबस्तुको कृष्णनगर र नेपालगन्ज रुपडिया हुँदै भारतिय बजारसम्म पुर्याइ व्यापारीहरुले बिक्री गर्दै आएका छन । जडिवुटी उत्पादन र यस्को बिस्तारका लागि जिल्ला बन कार्यालयले ५ वर्षीय रणनितिक कार्ययोजना बनाएर अघि बढेको जिल्ला बन कार्यालय प्यूठानका नायव सुव्बा चिन्त बहादुर पुनले जानकारी दिए ।

कार्ययोजनाको लक्ष्य अनुसार जडिवुटी उत्पादन र निर्यात गर्न नसकिएको उनको भनाइ छ । तर जडिबुटीजन्य बस्तुवाट किसानले राम्रो आम्दानी गर्न सफल भएको पुनले बताए ।

 

टिमुरवाट किसानले १ करोड ८७ लाख ९५ हजार २ सय रुपैयाँ आम्दानी गरेका छन। जिल्लाका बिभिन्न क्षेत्रहरुमा उत्पादित ४६ हजार ९ सय ८८ किलो टिमुर यो बर्ष ४ सय रुपैयाँ मुल्यमा किसानले बिक्री गरेका थिए ।

सामुदायिक र राष्टिय बनबाट उत्पादन भएको २७ हजार १ सय १० किलो दालचिनीको बोक्रा निकाशी हुँदा २४ लाख ३९ हजार ९ सय रुपैयाँ आम्दानी भएको छ ।

त्यस्तै ८१ हजार ९ सय ८० किलो दालचिनीको पातबाट ४९ लाख १८ हजार ८ सय रुपैयाँ किसानले आम्दानी गरेको तथ्याकँ छ। यो वर्ष किसानले दालचिनीको बोक्रा ९० रुपैयाँ किलो र तेजपात प्रतिकिलो ६० रुपैयाँमा बिक्री गरेका थिए ।

बनमा आधारित वस्तु अन्र्तगत १ वर्षको अवधिमा १ हजार ९ सयको ९५ किलो अल्लो निकाशी हुँदा ९ लाख ९७ हजार ५ सय रुपैयाँ जिल्ला भित्रीएको छ। जिल्लाको उत्तरी क्षेत्रका साथै तिराम,हँसपुर,पकला,चुँजा,लगायतका क्षेत्रमा बढि जडिवुटी उत्पादन हुने गरेको बन कार्यालयले बताएको छ ।
उत्पादित बस्तु राष्टिय वनको भएमा केहि राजस्व तिर्नुपर्छ,अन्यमा राजस्व लाग्दैन नायव सुव्वा पुनले भने। जिल्लामा व्याबसायिक रुपमा जडिवुटी उत्पादन र प्रशोधन केन्द्रको आवाश्यतmा छ ।

प्रतिक्रिया दिनुहोस्