सेञ्चुरीको एकीकृत कारोबारको शुरू



 

काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकले ८ अर्ब पुँजी पुर्याउने सिलसिलामा ‘ख’ वर्गको इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी जेठ २८ गतेदेखि एकीकृत कारोबार शुरू गरेको छ।

काठमाडौंमा कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले एकीकृत कारोबारको शुभारम्भ गर्नुभएको हो। एकीकृत कारोबार पश्चात बैंकको चुक्तापुँजी ४ अर्ब ७१ करोड , निक्षेप ३८ अर्ब ५० करोड र कूल कर्जा ३५ अर्ब रुपियाँ हुनेछ। साथै बैंकको जम्मा ५३ वटा शाखा हुनेछन्। निकट भविष्यमा बैंकले एकीकृत पुँजीमा ४० प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने जनाएको छ। त्यस्तै बैंकले असारभित्रै सगरमाथा फाइनान्स, अल्पाइन डेभलपमेन्ट बैंक तथा सेती फाइनान्ससँग पनि एकीकृत कारोबार शुरू गर्दै छ।

प्रतिक्रिया दिनुहोस्