सडकको कमिसन



 

मुलुक कमिसनको चक्करमा परेपछि कसको के लाग्छ र भन्या। सरकारी तलब खाएर पनि कमिसन पाइने भएपछि ट्राफिक प्रहरीले सडकमा देखाउँदै आएको दादागिरी केही दिन यता अली कम भएको महशुस धरहराले गरेको छ। संसदको विकास समितिले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कारवाही गरेवापत दिँदै आएको कमिसन रोक्न निर्देशन दिएपछि उनीहरूको गतिविधिमा आएको शिथिलता देखेर धरहरा पनि छक्क परेको छ। हिजोसम्म लेन तोड्ने, हर्न बजाउने र जथाभावी बाटो काट्नेलाई कारवाही गर्ने गरेकोमा अहिले हच्केको देखिएको छ। कमिसन नपाउने भएपछि डिउटी झारा टार्ने मात्रै गरिरहेको धरहराले देखेको छ।

होइन कमिसन नपाउने भएपछि काम नै छोड्ने चाही गर्नु हुन्न नि ट्राफिक प्रहरी ज्यू। भोलि त अन्य तरिकाबाट सरकारले टिप्स दिने भनेकै छ। त्यतातिर ध्यान दिने कि भन्ने धरहराको सानो सुझाव छ है। अनि त्यही कामका लागि नियमित तलब पनि त छ नि। कि कसो त पाठकबृन्द ?

प्रतिक्रिया दिनुहोस्