सुखाग्रस्त इथियोपियामा जुलाईबाट खाद्यान्न अभाव हुने



 

न्युयोर्क, (एजेन्सी)
संयुक्त राष्ट्र संघले जुन महिनासम्ममा इथियोपियाका ७८ लाख नागरिकका लागि उपलब्ध गराइँदै आएको आपतकालीन खाद्यान्न सहायता समाप्त हुने चेतावनी जारी गरेको छ।

संयुक्त राष्ट्र संघकी एजेन्सी वल्र्ड फुड प्रोगामका जोनआयलिफले भने– ‘हाम्रो खानेपिउने सामान जुन महिनामा समाप्त हुन लागेको छ, यसको अर्थ ७८ लाख नागरिकका लागि अचानक खाना पाउन बन्द हुनेछ।’

सेभ द चिल्ड्रेन संस्थामा आबद्ध जोन ग्राहमले भने– ‘जब खाना समाप्त हुन्छ , त्यसपछि के हुने हो थाहा छैन। खाने आधारभूत सामाग्रीको अभावमा कुपोषको समस्या आउनेछ। किनभने नागरिकहरूले खानाका लागि केही पाउने छैनन्। यी बच्चाहरू गम्भिर कुपोषणको शिकार हुनेछन् र यो अत्यन्त खतरनाक स्थिति हुनेछ।

इथियोपियाको सरकार र अन्य थुप्रै स्थानीय संगठनले विश्व सबै दाताहरूसँग मद्दत मागेका छन्। तर विश्वभरि नै मानवताको संकट उत्पन्न भइरहेकाले उनीहरूको आह्वान प्रभावकारी नहुने आशंका गरिएको छ।

संयुक्त राष्ट्र संघले उत्तरपूर्वी नाइजेरिया, दक्षिणी सुडान, यमन र सोमालियामा भइरहेको अनिकाललाई सन् १९४५ पछि विश्वको सबैभन्दा ठूलो मानवीय संकट भनेको छ।

हालैका वर्षमा मात्रै इथियोपियाको सरकारले खडेरीसँग जुध्न सफलता पाएको हो तर अहिलेसम्म सरकार आफ्नो क्षमतामा खडेरीसँग लड्न पर्याप्त धन छैन।
विगत दुई वर्षमा सरकारले ३८ करोड १० लाख डलर धनराशी खडेरीसँग लड्नका लागि छुट्याइएको थियो। तर अहिलेसम्म पनि खडेरीको संकट जारी नै रहेको छ।

प्रतिक्रिया दिनुहोस्