आईएस नेता बगदादी मारिएको दाबी



 

दमास्कस, (एजेन्सी)
आईएसआईएसका नेताको एक हवाइ आक्रमणमा मारिएको सिरियाली सरकारी टिभीले जनाएको छ।

विश्वको मोस्ट वान्टेड आतंकवादी अबु बकर अल बगदादी शनिबार मारिएको बताइएको यद्यपि समाचारको पुष्टि हुन बाँकी नै रहेको जनाइएको छ।

ती कट्टरपन्थी नेताको मृत्यु भएको समाचार आएको यो पहिलोपटक भने होइन, त्यसैले उक्त समाचार पनि अनुमान मात्रै हुन सक्ने जनाइएको छ। उक्त कट्टरपन्थी संगठनको सञ्चार शाखा अमाकले समाचारको अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।

ती आईएसआईएस नेता सिरियामा इस्लामिक स्टेट कब्जामा रहेको शहर राकामा भएको भीषण गोलाबारीका क्रममा मारिएको दाबी गरिएको मिररले अखबारले जनाएको छ।

युरोपमा आतंकवादी आक्रमणका लागि उक्साइरहने अतिवादी विचारकका रूपमा चिनिएका ती नेताको टाउकाको मूल्य २ करोड पाउन्ड तोकिएको छ।

शनिबार भएको हवाइ आक्रमणमा कम्तिमा ७ जना सर्वसाधारण मारिएको स्वतन्त्र सिरियाली समाचार संस्था राका २४ले जनाएको छ। तर उसले आईएसआईस नेताका बारेमा भने उल्लेख गरेको छैन।

गत जनवरीमा पनि यसतै एक आक्रममा अबु बकर गम्भिर घाइेत भएको समाचार बाहिर आएको थियो। त्यसै गरी गत हप्ता आईएसआईएस लडाकूले इराकी नगर बाजमा आत्मसमर्पण गरेको जनाइएको थियो। इराकी सिरियाली सीमानजिक पश्चिम मोसुलमा पर्ने उक्त नगरमा ती आईएस नेता लुकेर बसेको अनुमान गरिएको थियो।

गत वर्ष अक्टोबरमा अमेरिकी समर्थनमा इराकी सेनाले इराकको दोस्रो ठूलो शहरमा महत्वपूर्ण आक्रमण थालेपछि बगदादी मासुलबाट पलायन भएको विश्वास गरिएको छ।

बगदादीको जन्म सन् १९७१ मा इराकको सामारामा भएको थियो र उनले सन् २००३ मा इराकमाथि अमेरिकाले आक्रमण गरेपछि कटरपन्थी अभियानमा प्रवेश गरेको बताइएको छ।

सन् १९९४ जुलाईमा अल नुरीस्थित मोसुलको ग्रेट मस्कमा भाषणपछि सार्वजनिक रूपमा देखिएका छैनन्।

प्रतिक्रिया दिनुहोस्