निर्वाचनबाट तर्सिने दल लोकतन्त्रको हिमायती हुन सक्दैन – अध्यक्ष ओली



नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आइतबार मोरङको उर्लाबारीस्थित उर्लाबारी परोपकार सेवा केन्द्रको उदघाटनपछि मन्तव्य व्यक्त गर्दै । तस्बिर, सुमन घिमिरे, मोरङ, रासस

 

नेपालगन्ज, २८ जेठ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनबाट तर्सिने राजनीतिक दल लोकतन्त्रको हिमायती हुन नसक्ने बताउनुभएको छ ।

सो दलद्वारा बाँके जिल्लाका लागि चयन गरिएका उम्मेदवारको घोषणासभालाई आज सम्बोधन गर्दै उहाँले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पनि आप्mनो दल पहिलो हुने दाबी गर्नुभयो ।

अध्यक्ष ओलीले चुनाव जित्न जनतामा झुठो आश्वासन बाँड्ने दल सधैँ पराजित हुने चर्चा गर्दै जनताको चेतना स्तरलाई कमजोर सम्झने भुल गर्न हुँदैन भन्नुभयो । “हारजित निर्वाचनको सामान्य प्रक्रिया हो, हार्दैमा आत्तिने र जित्दैमा मात्तिने प्रवृत्तिको आप्mनो दल सधैँ विरोध हो, हार वा जितलाई लोकतान्त्रिक प्रक्रियासँग जोडेर हेरिनुपर्छ”– अध्यक्ष ओलीको भनाइ थियो ।

घोषणासभामा सो दलले जिल्लाको सबै आठ स्थानीय तहका उम्मेदवारको नाम सार्वजनिक गरिएको थियो । एमालेले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा समसुद्धिन सिद्धिकी, उपप्रमुखमा शान्ति ढकाल, कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत, उपप्रमुखमा कृष्णाकुमारी थारुलाई उम्मेदवार बनाइएको छ ।

यसैगरी, जिल्लाको बैजनाथ गाउँपालिकाको अध्यक्षमा मानबहादुर रुचाल, खजुरा गाउँपालिकाको अध्यक्षमा किस्मतकुमार कक्षपति, राप्ती सोनारी गाउँपालिकाको अध्यक्षमा तुल्सीराम थारु, नरैनापुर गाउँपालिकाकाको अध्यक्षमा विक्रम यादव, जानकी गाउँपालिकाको अध्यक्षमा रामनिवास यादव र डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल अहमद खालाई उम्मेदवार चयन गरिएको पार्टीका जिल्ला सचिव रत्न खत्रीले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्