मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन सकेन



विनोद सिंह विष्ट,बैतडी ।
बदर मत घटाउने उद्देश्यले निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम बैतडी जिल्लामा प्रभावकारी रुपमा हुन सकेको छैन ।

पहिलो चरणको चुनावमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको चुनावको लागि मतदाता शिक्षा प्रभावकारी बनाउने आयोगको योजना कतिपय ठाउँमा मतदाता शिक्षा प्रभावकारी हुन नसकेको स्थानीय बताउँछन्।
बैतडीका ४ नगरपालीका ६ गाउँपालीका गरी १० वटै स्थानीयतहमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन भएपनि आपm्नो घरदैलोमा अझै मतदाता शिक्षा स्वयमसेवक नपुगेको स्थानीयले बताएका छन् ।

दोस्रो चरणको निर्वाचनको मिती नजिकिएसंगै गाउँघरमा चुनावी चहलपहल चर्कियपनि मतदान गर्नेबारे अझै पनि स्थानीयबासी अन्योलमा रहेको दोगडाकेदार गाउँपालिका ५ न्वालीका दुर्गा भुलले बताउँछन् । उहाँले भन्नुभयो “चुनावमा मतपत्र ठूलो हुन्छ भन्ने सुनेको र मतपत्रसमेत नदेखेकाले मत बदर हुने हो कि भन्ने चिन्ता छ , मतदान गर्ने विषयमा कोही सिकाउन नआएकाले अन्योल भएको छ ।”

दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा भोट दिन आतुर भएपनि मतदान कसरी गर्ने भन्ने विषयमा आफू अनभिज्ञ रहेको डिलासैनी गाउँपालीका १ का बिस्ना भट्टले बताउनुभयो । उहाँले भन्नुभयो “राजनितिकदलका नेताकार्यकर्ता दिनहु घरदैलोमा आउने भएपनि मतदाता शिक्षा स्वयमसेवक अझैसम्म आएका छैनन् ”

एकै मतपत्रमा ७ जना उम्मेद्धारलाइ भोट दिनुपर्ने भएकाले निकै अन्योलता रहेको

डिलासैनी गाउँपालीकाका दिपा राना बताउनुभयो । उहाँले भन्नुभयो“ आफुले सुने अनुसार केहि सजिलो भएपनि नसिकाए सम्म अप्ठेरो हुने भएको छ ।”

बैतडीमा १ सय ७४ मतदाता शिक्षा स्वयमसेवक परिचालन गरीएको भएपनि मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको भन्दै आलोचना भइरहेको छ । यता जिल्ला निर्वाचन अधिकारी माधव प्रसाद फुयालले भने जिल्लाका सबै स्थानीय तहमा मतदाता शिक्षा स्वयमसेवक पठाएकाले सबैको घरदैलोमा उनीहरु पुगेर मतदान गर्ने तरीकाबारे सिकाईरहेको दाबी गर्नुभयो ।

जेठ दोस्रोे सातादेखी नै मतदाता शिक्षा स्वयमंसेवक जिल्लाभरी नै खटाईसकेका छौ उहाँले भन्नुभयो“ भौगोलिक हिसावले बिकट भएकाले एकठाँउबाट अर्को ठाउ जान समय लाग्ने भएकाले बिस्तारै सबैको घरदैलोमा पुग्छन ।”

स्वयमसेवक एकैदिन सबैको घरमा पुग्न नसक्ने भएकाले चुनाव अघिसम्म सबैको घरदैलोमा पुग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

नागरीकले मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएको गुनासो गरीरहेको बताउदै फुयालले यसबारे अनुगमन गरीने समेत निर्वाचन अधिकारी फुयालले बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्