वेट्रेसको काम गर्थिन् सोनम



बलिउड नायिका सोनम कपुरले शुक्रबार आफ्नो ३१औं जन्मदिन मनाएकी छिन्। नायक अनिल कपुर पुत्री उनी बलिउडका टप नायिका मध्येमा पर्छिन्।

फिल्म नीरजानमा उत्कृष्ट अभिनय गरेका कारण उनले भारतको नेसनल अवार्ड पनि हात पारीसकेकी छिन्। सोनम कपुर अक्सर आफ्नो फेसन र बयानबाट चर्चामा रहने नायिका हुन्। सोनम अनिल कपुर पुत्री हुन्। तर उनले एक वेट्रेसका रूपमा पनि काम गरेकी छिन् भन्ने थाहा पाउँदा जोकोहीलाई पनि आश्चार्य लाग्न सक्छ। भारतीय सञ्चार माध्यमका अनुसार उनी जब १५ वर्षकी थिइन्, आफ्नो पकेट मनिका लागि वेट्रेसका रुपमा काम गरेकी थिइन्। बच्चा हुँदा सोनमले आफ्नो शारीरिक वजनका कारण निकै दुःख पाएकी थिइन्। धेरै कम मानिसहरुलाई मात्र थाहा छ कि सोनम मधुमेहको रोगी हुन्। त्यसकारण उनी यस रोगसँग सम्बन्धित सचेतना कार्यक्रम चलाउँछिन्। उनी नायिका मात्र होइनन्, राम्रो कथ्थक नृत्यगंना र शास्त्रीय नृत्यंगना पनि हुन्। उनी बास्केट र रग्बी खेल मन पराउँछिन्।

सोनमले सन २००७ मा सञ्जय लिला भंसालीको पिल्म सांवरीयामा रणवीर कपुरको अपोजिट भूमिकाबाट डेब्यु गरेकी थिइन्। तर फिल्म बक्स अफिसमा भने फ्लप भएको थियो।

प्रतिक्रिया दिनुहोस्