लोकगायक सम्मानित



काभ्रे, (नेस)। नाट्यसंस्था महासंघ (फेटो नेपाल) जिल्ला शाखा काभ्रेले लोकगायक मच्छेश्वर सापकोटालाई सम्मान गरेको छ। सोही अवसरमा राष्ट्रवादी कलाकार मञ्चका अध्यक्ष रविन्द्र खड्कालाई पनि सम्मानित गरिएको छ। दुबै ैजिल्लाबासी हुन्।

हरेक वर्ष फेटो नेपालले कलाकारलाई सम्मान गर्ने परम्पराअन्र्तगत बनेपामा आयोजित एक कार्यक्रममा लोकगायक सापकोटालाई सम्मान गरेको हो। खड्कालाई अध्यक्षमा निर्वाचित भएकोमा कार्यकाल सफलताको शुभकामना र सम्मान व्यक्त गरेको अध्यक्ष अमरकृष्ण चन्दले बताए। कार्यक्रममा कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्