विप्लवका कार्यकर्ता प्रहरी नियन्त्रणमा



नेपाल समाचारपत्र
प्युठान
चुनाव विरोधी गतिविधि गर्न लागेको भन्दै प्युठानमा विप्लव समूहका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आसन्न स्थानीय तहको निर्वाचनलाई बिथोल्ने गरी योजना बनाउन लागेको भन्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित ११ जना नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो। बुधबार माण्डवी गाउँपालिकाको तिरामस्थित कुमालटारबाट उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

नेकपाका केन्द्रीय सदस्य एवं राप्ती ब्युरो इन्चार्ज सुवास, केन्द्रीय सदस्य बन्धु चन्द, असल खड्का र जिल्ला सेक्रेटरी दधिराम सुवेदीसहितका कार्यकर्तालाई पक्राउ गरिएको प्युठानका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। पक्राउ परेकालाई जिल्ला प्रहरी कार्यालय प्युठानले आवश्यक अनुसन्धान गर्ने काम भइरहेको प्युठान प्रहरी प्रमुख रञ्जित सिंह राठोरले जानकारी दिए।

नेपाल कम्युनिस्ट पार्टी प्युठानले शान्तिपूर्ण तरिकाले जिल्ला समितिको बैठक बसिरहेको ठाउँमा आएर प्रहरीले हस्तक्षेप गरेको भन्दै त्यसको विरोधसमेत गरेको छ।

प्रतिक्रिया दिनुहोस्