गोरखामा १ सय ५ घर अपांगमैत्री बन्दै



सन्तोष अधिकारी, गोरखा । गोरखा भूकम्प गएको दुई वर्ष विति सक्यो ।

भुकम्प पछि भौतिक तथा मानसिक रुपमा गोरखालीलाई सहयोग गर्न दर्जनौँ राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु गोरखा भित्रिए । कतिपय संस्थाहरुले डोनरमुखी कार्यक्रम गरे र गरिरहेका पनिछन् । कति पय संस्थाहरुले भने जिल्ला समन्वय समितीको स्वीकृतीमा समन्वय समिती तथा जिल्ला दैवी प्रकोप उद्धार समितीले सिफारिस गरेका क्षेत्रमा काम गरिरहेका छन् ।

भूकम्पका बेला सबै गोरखामा सपांगहरुको मात्र घर भत्केन । अपांगहरुको घर पनि पूर्ण रुपमा नै ध्वस्त भएको थियो । अहिले तिनै अपांगहरुको घर बनाउन सहयोग गरेर गोरखामा आइएनएफ नामक गैरसरकारी संस्थाले घाउमा मल्हम लगाउन सहयोग गरिरहेको छ ।

आइएनएफले भूकम्पले प्रभावित जिल्लाका साविकका १० गाविस र दुई नगरपालिकामा रहेका एकसय पाँच जना अपांगहरुको घर बनाउन थालेको हो । त्यस्तै उसले विभिन्न तीन वटा माध्यामिक विद्यालयको अपांग मैत्री भवन समेत बनाइरहेको छ । आइएनएफले अपांगता भएकाहरुको लागि मात्र सहयोग गर्ने काम गर्छ । ‘हाम्रो संस्थाले अपांगता भएकाहरुलाई सहयोग गर्ने गर्छ’ आईएनएफका गोरखा प्रमुख हिराबहादुर शाहीले भने ‘भुकम्प लगत्तै हामी गोरखा आयौँ ।

त्यस बेला आवश्यक सहयोग ग¥यो । सहयोग हामीले विशेष गरी अपांगता भएका ब्यक्तिहरुलाई ग¥यौँ । अहिले हामी तिनै अपांगता भएका गोरखालीहरुको घर बनाइरहेका छौँ ।’ आइएनएफले जिल्लाको पालुंटार नगरपालिकामा तीन जनाको, छोप्राकमा ७५ जनाको र मुच्चोकमा २७ जनाको गरी एकसय ५ जना अपांगता भएकाहरुको घर अपांग मैत्री बनाइरहेको छ । केहि घरहरुको निर्माण नै सकिएको शाहीले बताए ।

उक्त संस्थाले अपांगता भएकाहरुको घर निर्माण सुरु गर्दा ५० हजार सहयोग ग¥यो । त्यस पछि थप निर्माण भएपछि दोस्रो चरणमा भने केहि घरहरुलाई मात्र दोस्रो किस्ताको डेढ लाख पाएका छन् । पुननिर्माण प्राधिकरणका कर्मचारीहरु नियमित गाउँमा नखिटिने, सरकारी निति नियमहरु ढिलो गरी आउने गरेकोले घर निर्माण गरिसकेकाले रकम पाएका छैनन् ।
यस संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने घरहरु सबै अपांग मैत्री हुने बताइएको छ । सबै घरमा रेलिङ, ह्वीलचियर छिर्ने ढोका सहितको घर निर्माण भइरहेको हो । उक्त संस्थाले शारीरिक अपांगता भएका र बौद्धिक अपांगता भएकाहरुलाई अध्ययन गर्न सहजहोस भनेर विद्यालय पनि सोही अनुकुलको बनाएका छन् ।
जिल्लाको महेन्द्र ज्योती मावि दरबारमार्ग, सरस्वती मावि आहाले र विन्दवासीनी मावि नारेश्वरमा बौद्धिक अपांगता भएका विद्यार्थीहरुलाई आवसिय सुविधा हुने गरी विद्यालयको भवन बनाइरहेको शाहीले जानकारी दिए । त्यस्तै सिरान्चोक गाउँपालिका २ थालाजुङको वडा कार्यालय भवन पनि अपांगमैत्री बन्दै गरेको सस्थाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्