मकवानपुरमा पहिलो महिला पुनस्र्थापना केन्द्र



हेटौंडा, (नेस) । मकवानपुरमा पहिलोपटक महिला पुनस्र्थापना केन्द्र स्थापना भएको छ । पछिल्लो समय महिला दुव्र्यसनीको संख्या बढ्दै गएकाले यसको नियन्त्रण र सुधारका लागि केन्द्र स्थापना गरिएको हो ।
लागुऔषध दुव्र्यसनमा फसेका महिलाको सफल उपचार र परिवारमा पुनस्र्थापनाका लागि प्रेरणा नेपाल नामक महिला पुनस्र्थापना केन्द्र सञ्चालन गरिएको हो ।
लागुऔषध दुव्र्यसनीको सुधारका लागि काम गरिरहेको सिआन पुनस्र्थापना केन्द्रले मकवानपुरमा महिला दुव्र्यसनीको संख्यालाई मध्यनजर गर्दै महिला पुनस्र्थापना केन्द्र सञ्चालन गरेको हो । हेटांैडा–५, पुष्पलाल पिस पार्कनजिक जेठ १५ गतेदेखि केन्द्र सञ्चालन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्