दोहोरो अंकले घट्यो नेप्से



नेपाल समाचारपत्र
काठमाडौं
मंगलबार ३५ अंकले बढेको नेप्से बुधबार १४ दशमलब २४ अंकले घटेर १ हजार ६ सय २३ दशमलब १३ अंकमा पुगेको छ। बुधबार १ सय ४९ कम्पनीका १२ लाख ७९ हजार ५ सय ७ कित्ता सयर किनबेच हुँदा ७६ करोड ४७ लाख ३६ हजार ८ सय ११ रुपियाँको कारोबार भएको छ।

मंगलबार बजार ३४ दशमलव ७२ अंकको उच्च वृद्धिदर लिए बजार एक हजार ६ सय ३७ दशमलव ३७ अंकमा पुगेर रोकिएको थियो। तर बुधबार दोहोरो अंकले ओरालो लाग्दै बजार १ हजार ६ सय २३ दशमलव १३ अंकमा रोकिएको छ।

बुधबार उत्पादन क्षेत्र ९ दशमलब ६९ अंकले बढ्नु बाहेक अन्य क्षेत्रका उपसुचकहरू घटेका छन्। बैंकिङ क्षेत्रको उपसुचक १२ दशमलब ८४, होटल क्षेत्रको ४० दशमलब ३२, बिकास बैंकको १८ दशमलब २७, जलबिद्युत क्षेत्रको१९ दशमलब १५, बित्त क्षेत्रको १ दशमलब ९५, बीमा क्षेत्रको १ सय १५ दशमलब ७८ र अन्यमा शुन्य दशमलब २९ अंकले उपसुचक घटेका छन्। सबैभन्दा बढी बीमा समुहको उपुचक १ सय १५ दशमलव ७८ अंकले घटेको छ।

कारोबारको शुरूवातमा दोहोरो अंकले बढेको नेप्से बिचमा केही बढ्ने प्रयास गरे पनि अन्ततः दोहोरो अंकले नै घट्यो। आरएसडिसि र वल्र्ड मर्चेन्टका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन् भने बिजया लघुबित्त र सगरमाथा इन्स्योरेन्सका लगानीकर्ताले ६ प्रतिशत गुमाएकाछन्। स्ट्यान्डर्ड चार्डट बैंकको सबैभन्दा बढि ९ करोड ४१ लाख रुपियाँको कारोबार भएको छ भने सनराइज बैंकले ४ करोड ६३ लाख रुपियाँ र नेपाल इन्भेष्टमेन्ट बैंकले २ करोड ४ लाख रूपैंयाँको कारोबारका साथ चार्टडलाई पछ्याएका छन्।

नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले प्रधानमन्त्री निर्वाचित हुँदा बढेको नेप्से परिसुचक अर्थमन्त्री लगायत अन्य मन्त्रीको सपथसंगै बजार दोहोरो अंकले ओरालो लागेको छ।

यसैबीच नेपाल स्टक एक्सचेन्ज लिमिटेडले आफु तथा यसको नेतृत्वलाई लिएर भएका टिकाटिप्पणीहरू प्रति ध्यानाकर्षण भएको भन्दै बुधबार प्रेस विज्ञप्ती जारी गरेको छ। विगत ४ वर्षमा समग्र पूँजी बजारको विकासका लागि नेप्से र यसको नेतृत्वले आफ्नो श्रोत साधनले भ्याएसम्म काम गरेको भन्दै संस्थाको छविमा आँच पुग्ने गरी भएका टिकाटिप्पणीको खण्डन गरेको छ।

प्रतिक्रिया दिनुहोस्