धुलिखेल अब पर्यटन हब



मोतीराम तिमल्सिना, काभ्रे
धुलिखेल नगरपालिकामा निर्वाचित प्रमुख अशोक व्याञ्जुले धुलिखेल नगरपालिकालाई पर्यटकीय हब बनाइने उद्घोष गरेका छन्। १२ वटै वडामा कृषि, शिक्षा, स्वास्थ्यसहितको कलरसहितको सिटी निर्माण गरी पर्यटकीय हब बनाउने घोषणा गरेका हुन्।

नगर प्रमुख अशोक व्याञ्जुले ५ वर्षमा धुलिखेलमा गरिने विकास निर्माण भित्रको पर्यटनका बारेमा अवधारणा सार्वजनिक गरेका हुन्। ‘म र मेरो मात्र नभई हाम्रो धुलिखेल भन्ने अभियानमा तपाईं व्यवसायीहरु सहभागी हुनूस्’, व्याञ्जुले भने– ‘सि·ो नगरबासीको साथ र सहयोग हुँदा मात्रै सम्वृद्ध धुलिखेलका सपनाहरु साकार हुनेछन्।’ पर्यटन आकर्षण गर्न र क्लिन र ग्रिन सिटी मात्रै होइन व्यवहारमै नगरपालिकालाई कलरफुल सिटी बनाइने प्रमुख व्याञ्जुले बताए। कलरफुल सिटीका लागि असार मसान्तभित्र १२ वटै वडामा १२ वटा ग्रिन पार्क निर्माण सम्पन्न गर्ने गरी काम शुरु भएको प्रमुख व्याञ्जुले बताए। ‘हामी ५ वर्षमा नगरका सबै वडामा ६० वटा ग्रिन पार्क निर्माण गर्नेछौं’, व्याञ्जुले भने– ‘तत्काल अनुभूति हुने गरी सबै वडामा एउटा–एउटा पार्क निर्माणको काम शुरु भइसकेको छ।’

यनले भने– ‘धुलिखेल नगरपालिकाभित्र पर्ने अरनिको र बीपी राजमार्ग, सहायक राजमार्गमा साझेदारीका आधारमा वृक्षरोपण गरिनेछ। सडक सफा, स्वच्छ, घना जंगल, सौदन्र्यसहितको हुनेछ। जंगलभित्र फलफूल फल्ने बिरुवाहरु लगाइनेछ। एउटै बोटमा कलरफुल हुने खालका लहरा, त्यसमा फुल्ने फूल र फलका बिरुवाहरुलाई ढकमक्क बनाइनेछ। एउटै रुखमा धेरै थरी रङका फूलैफूल फुल्ने रुखहरुले नगरलाई सौदन्र्यसहितको कलरफुल नगरपालिकाका रूपमा चिनाइनेछ। धुलिखेलको टुँडिखेललाई गार्डेनको रूपमा विकास गर्ने थप योजना छ। त्यहाँ रहेको वनभोज पार्कलाई अन्यत्र सार्ने योजनासमेत रहेको छ।’

‘राष्ट्रिय विभूति बलभद्र कुँवर धुलिखेलको भमरकोटमा जन्मिएको भन्ने तथ्य फेला परेको छ। तत्काल उक्त स्थानमा बलभद्र कुँवर पार्क बनाइनेछ। देवीस्थान मन्दिरमुनिको जंगलमा झण्डै ५ करोड बराबरको खर्च हुने गरी पार्क निर्माण गरिनेछ। ड्रिम ल्यान्ड प्रोजेक्ट निर्माणका लागि ४० वर्षे करारमा जग्गा लिइनेछ।

देशभित्र र बाहिरका नेपालीहरु, व्यवसायीहरुलाई सहभागी गराएर ड्रिम ल्यान्ड प्रोजेक्ट निर्माणकार्य सम्पन्न गरिनेछ। काठमाडौं विश्वविद्यालयको सहयोगमा बायोलिजकल पार्क निर्माण गरिनेछ। धुलिखेलबाट देखिने मण्डन देउपुर र पाँचखालका विभिन्न वडाहरुलाई पनि हरियाली बनाइनेछ। त्यसका लागि नगरपालिका–नगरपालिकाको सम्बन्धलाई थप मजबुत बनाइनेछ। धुलिखेल बनेपा–पनौती, नमोबुद्ध, पाँचखालसँग जोडिएको बीचको केन्द्र नगरपालिका हो। त्यस कारण पनि यसले सबै नगरपालिकाहरुको सम्बन्धलाई थप मजबुत बनाउँछ।

धुलिखेल मात्रै सम्वृद्ध हुँदैमा सिंगो काभ्रे सम्वृद्ध हुँदैन। त्यस कारण अन्य नगरपािलका र गाउँपालिकाहरुको विकासलाई समेत विशेष ध्यान दिइनेछ।’
‘पर्यटकीय हिसाबले गन्तव्य बन्दै गएको धुलिखेला सभा हल निर्माण हुन सकेको छैन। ५ वर्षभित्रमा झण्डै १५ सय क्षमता भएको सभा गृहको निर्माण गरिनेछ। शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष पर्यटकहरुको आकर्षकको केन्द्र बनाइनेछ। नयाँ सोच र नयाँ योजना बोकेर आएका व्यवसायीहरुलाई थप प्रोत्साहन गरिनेछ। २५ जनाभन्दा धेरै कर्मचारी राखेर होटल सञ्चालन गर्ने व्यवसायीहरुलाई ५ वर्षसम्म कुनै पनि कर लिनेछैन। प्रत्येक वडामा वातावरण संरक्षणका लागि पोखरी निर्माण गरिनेछ। त्यही पोखरीमा जम्मा भएको पानीबाट कृषिलाई आत्मनिर्भर बनाउँदै एक वडा, एक उत्पादनलाई प्राथमिकताका साथ कार्यान्वयन गरिनेछ। होटल व्यवसायीहरुको पूर्वाधार निर्माणमा विशेष सहयोग पुर्याइनेछ। आर्थिक सम्वृद्धको एक मात्र आधार पर्यटनलाई बनाउन ५ वर्षे गुरूयोजना तयार गरिनेछ।’

पूर्व नगर प्रमुख बेलप्रसाद श्रेष्ठले धुलिखेल नगरमा पर्यटनको विकासको शुरुआत, इतिहास, आगमी दिनमा काम गर्नु कामका बारेमा नगरका प्रमुख र उपप्रमुखहरुलाई सुझाव दिएका थिए। धुलिखेल उद्योग वाणिज्य संघका अध्यक्ष मञ्जुकुमार कोजुँले धुलिखेल उद्योग वाणिज्य संघ र नगरपालिकाको सहकार्यमा धुलिखेलमा धेरै विकास गर्न सम्भव भएकाले हातेमालो गर्न तयार भएको बताए। पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिनाले सञ्चारमैत्री नीति बनाउन सुझाव दिएका थिए। कार्यक्रममा सहभागीहरुले धुलिखेलको चर्चा गर्नुभन्दा धुलिखेलालई अझै कसरी सम्वृद्ध बनाउने भन्ने विषयमा ध्यान दिन सुझाव लिएका थिए।

प्रतिक्रिया दिनुहोस्