दुई सेना प्रमुखबीच भेट



काठमाडौं, (नेस)
नेपाल भ्रमणमा रहनुभएका बंगलादेशका सेना प्रमुख अबुबेल महम्मद हक र प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच बुधबार भेटवार्ता भएको छ।
प्रधानसेनापति क्षत्रीको निमन्त्रणामा औपचारिक भ्रमणमा आउनुभएका सेना प्रमुख हक प्रधानसेनापति क्षत्रीबीच द्विपक्षीय हित र पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो।

यसअघि सेना प्रमुख हकले टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुभएको थियो भने जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकुडीले उहाँको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

प्रतिक्रिया दिनुहोस्