देउवाको मन्त्रीमण्डलमा तीन उपप्रधानमन्त्री, आठ सदस्यीय मन्त्री मण्डल



नेपाल समाचारपत्र, काठमाडौं ।
नवनिर्वाचित प्रधामनन्त्री शेरबहादुर देउवाको मन्त्री मण्डलमा ३ जना उपप्रधानमन्त्री भएका छन । तीन उपप्रधानमन्त्रीमा नेपाल लोकतान्त्रिक फोरमका विजयकुमार गच्छदारले स्थानीय विकास मन्त्रालय, माओवादी केन्द्रका कृष्णबहादुर महराले परराष्ट्र र कांग्रेसका गोपालमान श्रेष्ठले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन । साथै आज सात मन्त्रीहरुले सपथ लिँदै छन्। देउवा सरकार तीन जना उपप्रधानमन्त्री र चार जना मन्त्रीले आज सपथ लिंदै छन ।

चार जना मन्त्रीमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले अर्थ, फर्मुल्लाह मन्सुरले श्रम तथा रोजगार माओवादी केन्द्रका जनार्दन शर्माले गृह मन्त्रालय सम्हालेका छन । माओवादीकै प्रभु शाह बिना विभागीय मन्त्री भएका छन ।

प्रतिक्रिया दिनुहोस्