सामुदायिक वनद्धारा जनप्रतिनिधी सम्मनित



सन्तोष अधिकारी, गोरखा । सामुदायिब बन उपभोक्ता महासंघ जिल्ला शाखा गोरखाले जिल्लाका विभिन्न स्थानीय तहमा निर्वाचितहरुलाई बुधबार एक कार्यक्रम गरी सम्मान गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघको आगामी कार्यक्रमको विषयमा जानकारी दिन र जनप्रतिनिधीहरुलाई सम्मान कार्यक्रममा उनीहरुलाई सम्मान गरिएको सामुदायिक बनउपभोक्ता महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष श्यामबाबु कट्टेलले जानकारी दिए ।
संस्थाले गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, उपमेयर विनाकुमारी श्रेष्ठ, गण्डकी गाउँपालिकाकी उपप्रमुख ललिता अधिकारी, गोरखा नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष रामबहादुर खड्का, र गो।रखा नगरपालिका वडा नम्बर ३ का वडा सदस्य शम्भु थापालाई सम्मान गरिएको हो ।

उनीहरुलाई सामुदायिक बन उपभोक्ता महासंघ केन्द्र्रीय महासचिब भारती पाठकले अविर लगाएर र दोसल्ला ओढाए सम्मान गरेकी हुन् । उनीहरु सबै कुनै न कुनै किसीमले सामुदायिक बन उपभोत्ता महासंघमा गोरखामा आवद्ध भएकोले उनीहरुलाई सम्मान गरिएको अध्यक्ष कट्टेलले जानकारी दिए ।

सम्मानित भएपछि जनप्रतिनिधीहरुले बातावरण तथा बन जोगाउने कार्यक्रममा सामुदायिक बन उपभोक्ता महासंघ सँग समन्वय गरेर काम गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्