गुल्मीको रुरुगाउँपालिकामा काँग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल



अनिल खत्री, गुल्मी । दोस्रो चरणमा हुँने स्थानिय निर्वाचानमा गुल्मीमा काँग्रेस र माओवादी केन्द्र बिच चुनावी तालमेल भएको छ । जिल्ला तहमा तालमेल नभएपनि गाउँपालिकामा भने चुनावी तालमेल गरेका छन् ।

गुल्मीमा रहेका २ नगरपालिका सहित १० गाउँपालिका मध्ये काँग्रेस र माओवादी केन्द्रले रुरु गाउँपालिकामा चुनावी तालमेल गरेका छन् ।

तालमेल अनुसार माओवादी केन्द्रलाई गाउँपालिका प्रमुख सहित २ वडा अध्यक्ष र उपप्रमुख सहित ४ वडा अध्यक्ष पाउँने गरि तालमेल गरिएको माओवादी केन्द्रका केन्द्रिय सदस्य बुद्धी जिसीले जानकारी दिए । तालमेल अनुसार गाउँपालिका प्रमुखमा माओवादी केन्द्रबाट यदु ज्ञवाली उम्मेदवार बनेका छन् । काँग्रेसबाट उपप्रमुखमा देबिन्द्र मल्ल उम्मेदवार बनेका छन् ।

माओवादी केन्द्रबाट उम्मेदवार बनेका ज्ञवाली अखिल क्रान्तीकारी बिद्यार्थी संगठनका केन्द्रिय सदस्य एबंम युवा उम्मेदवार हुन् । तालमेल अनुसार गाउँपालिकामा रहेका ६ वटा वडा मध्ये बंम्घा र बलेटक्सार वडा माओवादी केन्द्रबाट अध्यक्ष पाउने छ भने सदस्यमा बहुमत काँग्रेसले पाउँने सहमती भएको केन्द्रीय सदस्य जिसीले जानकारी दिए ।
अन्य वडा मध्ये ४ वटा वडाहरु थानपती, रुरु,रिमुवा र ग्वादी वडाहरुमा काँग्रेसबाट अध्यक्ष उम्मेदवार उठाउने सहमती गरेका छन् । सहमती अनुसार काँग्रेस अध्यक्ष उम्मेदवार भएको स्थानमा माओवादी केन्द्रबाट सदस्य उम्मेदवार उठाउने समहती भएको छ । उक्त गाउँपालिकामा एमालेको बाहुल्यता रहेको छ ।

एमाले केन्द्रिय सचिव प्रदीप ज्ञवालीको गाउँपालिमाका पर्दछ । उक्त गाउँपालिकामा पहिले देखि नै एमालेको गड एरिया मानिन्छ । एमालेको गड एरिया तोडन भन्दै काँग्रेस र माओवादी केन्द्र मिलेर चुनावी मैदानमा उत्रिने भएका छन् भने एमाले एक्लै चुनावी मैदानमा उत्रिने भएको छ । उक्त गाउँपालिकामा एमालले निलकण्ठ गौतमलाई प्रमुख र उपप्रमुख लक्ष्मिदेवी पन्थलाई उम्मेदवार बनाएको छ ।

केहि महिना अघि एमाले संग जिल्ला भर तालमेल गर्ने चर्चा चलेपनि त्यो भने सफल हुन सकेन् । एमाले भित्र कार्यकर्ताको दवार र मतपत्रको अबस्था पनि तलमाथी रहेको भन्दै तालमेल भंग भएको थियो । जिल्ला स्तरका नेताहरुबाट भएको चुनावी तालमेल एमालेबाट भंग भएपछी माओवादी केन्द्रले एमालेका नेताहरुले काचो निर्णय भएको बताएका थिए ।

जिल्लामा अन्य गाउँपालिकाहरुमा बिभिन्न पार्टीहरु बिच चुनावी तालमेलको चर्चा चलेपनि सफल भएको छैन् । जिल्लामा रहेका अन्य गाउँपालिकाहरुमा एक्लाएक्लै चुनावी मैदानमा उत्रिने भएपनि कालिगण्डकी गाउँपालिकामा भने एमाले र माओवादी केन्द्र बिच चुनावी तालमेलको लागी छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्