श्रेष्ठ पहिलो स्थानमा उक्लिए



काठमाडौं, (नेस)
शिवराम श्रेष्ठ उत्कृष्ट लय जारी राख्दै सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा दोस्रो दिन पहिलो स्थानमा उक्लेका छन्।

श्रेष्ठले मंगलबार गोकर्ण गल्फ क्लबमा सात अन्डर ६५ स्कोर गरेर शीर्ष स्थानमा उक्लिएका हुन्। पहिलो दिन ६ अन्डर ६६ स्कोर गरेका श्रेष्ठले ३६ होलपछि १३ अन्डर १ सय ३१ को सानदार स्कोरकार्ड बनाएका छन्। उनी दोस्रो स्थानमा सुर्यप्रसाद शर्मा भन्दा तीन स्ट्रोकले अगाडि छन्। शर्माले हिजो श्रेष्ठले झै ७ अन्डर ६५ स्कोर गरेका थिए।

सुर्य नेपाल गल्फ टूर २०१६–१७ अन्तर्गतको आठौं तथा अन्तिम प्रतियोगितामा पहिलो दिन अग्रता लिएका दुबै खेलाडी चिप्लिएका छन्। सञ्जय लामा तेस्रो स्थानमा रहे भने धनबहादुर थापा चौथो स्थानमा झरेका थिए। उनीहरु दुबैले पहिलो दिन ७ अन्डर ६५ स्कोर गर्दै संयुक्त रूपमा अग्रता बनाएका थिए।

प्रतिक्रिया दिनुहोस्