टिओटको ढलेर निधन



काठमाडौं, (नेस)
न्युक्यासल युनाइटेडका पूर्व मिडफिल्डर चेइक टिओटको ३० वर्षको उमेरमा प्रशिक्षणको क्रममा निधन भएको छ। चीनमा अभ्यास गरिरहँदा मैदानमा ढलेका टिओटलाई अस्पतालमा पुर्याएको थियो। उनले न्युक्यासलबाट चीनको दोस्रो श्रेणीको क्लब बेइजिङ इन्टरप्राइजेजमा फेब्रुवरीमा आबद्ध भएका थिए। आइभोरी कोस्टका खेलाडीले न्युक्यासलमा सात वर्षमा १ सय ५० खेलमा सहभागिता जनाए। उनले पछिल्लो तीन सिजन पनि त्यही बिताएका थिए।

टिओटका प्रवक्ता इमान्युल पालाडीनोले बताए—यो गहिरो दुःखदका साथ भन्नु पर्दा अभ्यासमा ढलेपछि चेइक टिओटेको सोमबार बेहान दुःखद निधन भएको थियो। चिकित्सकका अनुसार हर्ट अटैकबाट उनको निधन भएको अनुमान लगाएको थियो।

आईभोरी कोस्टले अफ्रिका कप अफ नेसन्स २०१५ जित्दा टिओट सो विजेता टोलीका हिस्सा थिए। उनले बेल्जियमको एन्डरलेक्टबाट सन् २००५ बाट व्यवसायिक करिअर शुरुआत गरेका थिए। त्यसपछि उनी डच टोली एफसी ट्वेन्टेमा आवद्ध भएका थिए। त्यसपछि टिओट न्युक्यासलमा सन् २०१० मा ३५ लाख पाउन्डमा आबद्ध भएका थिए। फेबु्रवरी २०११ मा न्युक्यासललाई प्रिमियर लिगमा आर्सेनलसँग ४–० ले पछाडि परेको स्थितिमा बराबरीमा फर्काएको खेलमा उनले स्मरणीय गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्