भोट खसाल्न व्यग्र तेस्रोलिंगी



कृष्णउदास खनाल, वीरगन्ज

सहयात्री समाज, पर्साले जिल्लामा ४ देखि ५ हजारको हाराहारीमा तेस्रोलि·ी रहेको दाबी गर्दै आए पनि स्थानीय निकायको मतदातामा १५ जनामात्र तेस्रोलि·ी देखिएका छन्।

२ लाख ८० हजार २ सय ११ मतदाता रहेको पर्सा जिल्लामा १५ जना मात्र तेस्रोलि·ी मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ। जिल्लाको विन्दवासिनी, भौराटार, सुवर्णपुर, देउरवाना, विश्रामपुर, नगरदाहा, बिउमनपाको घडीअर्वा, छपकैया गरी कुल १५ जना मात्र तेस्रोलि·ी मतदाता छन्।
आफूहरू असार १४ गतेको प्रतीक्षामा रहेको तेस्रोलिंगी समाजकी सन्ध्या लामाले बताउनुभयो। उहाँले आफूहरूको तर्फबाट वीरगन्जको वडा सदस्यसम्ममा उम्मेदवारी रहने बताउनुभयो। नेकपा मसालसँग नजिक रहेको यो समूहले त्यही पार्टीबाट उम्मेदवारी दिने आँकलन गरिएको छ। लामाले पनि कुन पार्टीबाट तेस्रोलिंगीको प्रतिनिधि उठ्दै छन् भने खुलाउन भने चाहनुभएन।

यसैबीच पर्सा जिल्लामा दोस्रो चरणको निर्वाचनको तयारी शुरू भएको छ। ११ गाउँपालिका, १ नगरपालिका र १ महानगरपालिका गरी १३ जना मतदान अधिकृत सम्बन्धित कार्यालयमा खटिसकेको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ। सो कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पर्सा जिल्लामा २ लाख ८० हजार २ सय ११ मतदाता रहेको र त्यसमा १ लाख २० हजार ९ सय १० महिला तथा १ लाख ५९ हजार २ सय ६६ पुरुष छन्। पर्सा जिल्लामा १ सय ६३ वटा मतदानस्थलमा ३ सय ४२ मतदान केन्द्र राखिएको छ। यीमध्ये तत्काल ५६ वटा मतदान केन्द्र सम्वेदनशील र १३० वटा मतदान केन्द्र अति संवेदनशील श्रेणीमा राखी सोहीअनुरूप सुरक्षा व्यवस्था मिलाउने तयारी भएको बताइएको छ।

निर्वाचन प्रयोजनका लागि प्रत्येक गाउँपालिकाको मतदान केन्द्रमा एक प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना सुरक्षाकर्मीको टोली तैनाथ हुनेछ। नगरपालिका र उप–महानगरपालिकामा पनि सोहीअनुरूप सुरक्षा व्यवस्था मिलाउने तयारी भइरहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्