विद्यालयको छाना उडाएपछि समस्या



सरिता चलाउने, सल्यान
सल्यानको एक विद्यालयमा हावाहुरीले छाना उडाउँदा पठनपाठनमा समस्या देखिएको छ। शिशु जागरण मावि खोरबारेको छाना हावाहुरीले उडाउँदा पठनपाठनमा समस्या देखिएको हो।

बेलुका २ घण्टा आएको हावाहुरीले बागचौर नगरपालिका ९ मा रहेको उक्त विद्यालय र शौचालयको छाना उडाउनुका साथै कार्यालयमा रहेका विभिन्न सामानमा पनि क्षति पुगेको हो। विद्यालयका शिक्षक फत्तेबहादुर डाँगीका अनुसार विद्यालमा ५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ। विद्यालयमा कम्प्युटर तथा विद्युतीय सामग्रीका लागि छानामा राखिएको सोलारको पातामा पनि क्षति पुगेको छ।

छाना उडाएर कक्षाकोठामा पानी परेका कारण पठनपाठनमा समस्या भएको छ। विद्यार्थीलाई कक्षाकोठामा बस्न पनि अप्ठेरो परेको कक्षा १० का विद्यार्थी आरएन डीसीले जनाएका छन्।

हावाहुरी तथा अन्य कारण भत्किएका त्यस्ता विद्यालयका बारेमा यथाशीघ्र जानकारी गराउन जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिएका छन्। त्यस्ता विद्यालयले प्रहरी मुचुल्कासहित निवेदन पेस गर्नुपर्ने र तत्काल रकम माग गरिने जिशिअ सुवेदीले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्