ठेकेदारको लापरवाहिले स्वास्थ्य चौकिको भवन अधुरै



सरिता चलाउने, सल्यान ।
बन्गाड कुपिण्डे नगरपालीकाको घाँझरीपिपल ७ मैदु पोखरीमा निमार्ण्िधन स्वास्थ्य चौकि भवनको काम ५ वर्ष सम्म पनि अधुरै रहेको छ ।
स्वास्थ्य चौकिको नयाँ भवन नवन्दा अस्पतालका कर्मचारी तथा विरामीलाई समस्या भएको छ । ४ वर्ष अघि सम्भौता भई २ वर्ष्भित्र सम्पन्न गरिसक्नुपर्ने भवनको निमार्ण कार्य निक्कै ढिला भएको स्थानीय राम वहादुर बुढाले बताए ।
भवन निमार्णको कामको जिम्मा वर्षै पिच्छे ठेकेदार वदलीने र राम्रोसँग काम नहुदाँ भवनको काममा ढिलाई भएको छ । गजुरमुखि जेवि वली विल्डर्सले ४ वर्ष अघि २ करोड १६ लाखको लागतमा कामको जिम्मा लगि सहरी डिभिजन कार्यालय दाङ्गसँग सम्झौता भएको थियो । पटक पटक ठेकेदार फेरवदलसँगै भवन निमार्णको काममा समय थप गर्दा गर्दै ५ वर्ष पुग्न लाग्दा समेत काम सकिएको छैन् ।
कामको जिम्मा पाएका ठेकेदार भुपाल वलीले आफुले काम नगरेर पेटीमा तेजवहादुर बस्नेत, पुरन शाही र अन्य थुप्रै ठेकेदारलाई कामको जिम्मा दिएका थिए । तर कुनै पनि ठेकेदारले भरपर्दो काम नगर्दा भवनको कार्य अधुरै रहेको स्थानीयको गुनासो छ ।
गत आर्थिक वर्ष २०७३ आषाढ मसान्तमा सम्झौता मिति सकिएको थियो । तर पुन म्याद थप गरि काम सुरुवात गरे पनि अझै भवनको काम यो वर्षमा समेत सकिने अवस्था नरहेको सहरी डिभिजन कार्यलय दाङ्गले जनाएको छ । भवनको काम पनि कमसल खालको रहेको छ । काममा सुसस्तता देखि कमसल खाले कामले गर्दा स्वास्थ्य चौकिको भवन भने अनुसारको नभएको स्थानीय नारायण खड्काले बताए ।
२ वर्ष भित्र सम्पन्न भईसक्नुपर्ने काम अझै अधुरो हुनुमा दोष भरी ठेकेदारको रहेको स्थानीयको भनाई रहेको छ । समयमा भवनको काम सम्पन्न नहुदाँ स्वास्थ्य चौकिको कार्यालय सञ्चालनमा निकै कठिनाई भएको छ ।

प्रतिक्रिया दिनुहोस्