विद्यालयको छाना उडाउदा पढाइमा समस्या



सरिता चलाउने, सल्यान ।
सल्यानको एक बिद्यालयमा हावाहुरीले छाना उडाउदा पठनपाठनमा समस्या देखिएको छ । शिशु जागरण मा.वि. खोरबारेको छाना हावाहुरीले उडाउदा पठनपाठनमा समस्या देखिएको हो ।
बेलुका २ घण्टा आएको हावाहुरीले बागचौर नगरपालिका ९ मा रहेको उक्त विद्यालयर शौचालयको छाना उडाउनुका साथै कार्यालयमा रहेका विभिन्न सामानमा पनि क्षति पुगेको हो । विद्यालयका शिक्षक फत्ते बहादुर डाँगीका अनुसार विद्यालमा ५ लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । विद्यालयमा कम्प्युटर तथा विद्युतिय सामाग्रीको लागि छानामा राखिएको सोलारको पातामापनि क्षति पुगेको छ ।
छाना उडाएर कक्षाकोठामा पानी परेका कारण पठनपाठनमा समस्या भएको छ । विद्यार्थीलाई कक्षाकोठामा बस्न पनि अप्ठेरो परेको कक्षा १० का विद्यार्थी आरएन डिसीले जनाएका छन ।
हावाहुरी तथा अन्य कारण भत्किएका त्यस्ता विद्यालयका बारेमा यथासिघ्र जानकारी गराउन जिल्ला शिक्षा अधिकारी देवी प्रसाद सुवेदीले जानकारी दिएका छन । त्यस्ता विद्यालयले प्रहरी मुचुल्का सहित निवेदन पेश गर्नुपर्ने र तत्काल रकम माग गरिने जिशिअ सुवेदीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्