गोसाइँकुण्डको भेटी रु ३० हजार



रसुवा, २३ जेठ । पवित्र तीर्थ गोसाइँकुण्ड मन्दिरमा यस वर्ष गङ्गा दशहरा पर्वमा भक्तजनले करिब ३० हजार भेटी चढाएका छन् ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार भेटी रु २९ हजार ८८७ सङ्कलन भएको हो । पुजारीले जम्मा गरी ल्याएपछि धुन्चेमा भेटी गणना गरिएको हो । यही जेठ १२ देखि २१ गतेसम्म परेको यस वर्षको गङ्गादशहरा पर्वका अवसरमा पाँच हजार भक्तजनले गोसाइँकुण्ड दर्शन गरेको समितिले जनाएको छ ।

मेला भर्न गएका एक यात्रुलाई मात्र लेक लाग्ने समस्या देखिएकाले उनलाई नेपाली सेना र नेपाल प्रहरीले बोकेर बेँसी झारेको र एक यात्रुको नुहाउँदा डुबेर निधन भएको प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्