भौतिक पुर्वाधारको लागी आएको ६० लाख खर्च गर्न सकस



धनवीर दाहाल, रुकुम ।
आर्थिक बर्षको अन्तिम तिर जिल्ला अस्पताल रुकुमको भौतिक पुर्वाधार निमार्णका लागी आएको ६० लाख रकम खर्च गर्न अस्पताललाई सकस भएको छ । टेन्डर गर्नको लागी पनि समय अभाव भएको कारण अस्पताललाई सकस भएको हो । बजेटको अभावले अस्पतालको स्तर उन्नती हुन नसकिरहेको अवस्थामा आर्थिक बर्षको अन्तिममा रकम आउनुले अस्पताललाई निल्लु न ओकल्नु भएको छ ।

जिल्ला अस्पताल रुकुममा केही भौतिक पुर्वाधार निमार्णका लागी ६० लाख रुपैयाँ हालै मात्र सरकारले छुट्याएको छ तर आर्थिक बर्ष सकिनै लाग्दा समेत त्यसलाई कसरी खर्च गर्ने अन्यौल जिल्ला अस्पताललाई परेको छ । आएको बजेटलाई कसरी कार्यान्वयन गर्ने भन्नेमा चुनौती रहेको जिल्ला स्वास्थ्य कार्यालय रुकुमका प्रमुख डक्टर राजेन्द्रबहादुर जिसी ले बताउनुभयो । भौतिक पुर्वाधार निमार्ण तथा जिल्ला अस्पतालको सैया थप गर्ने बिषयमा पहल थालिएको भएपनि आएको बजेटलाई कसरी कार्यान्वन गर्ने भन्ने बिषयमा अस्पताल टिम अलमल परेको छ । तर जिल्ला अस्पताल रुकुमलाई आधुनिकिकरण गर्नको लागी पहल थालिएको भने बताइएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय रुकुमका अनुसार आधुनिकिकरण र १५ सैयाबाट ५० सैयाको अस्पताल बनाउन पहल थालिएको हो । सरकारले हरेक स्थानीय तहमा ५० सैयाको अस्पताल बनाउने घोषणा गरेको भएपनि २०४५ सालमा बनेको जिल्ला अस्पताल १५ सैयाबाट अझै पनि बढ्न सकेको छैन । तर जिल्ला अस्पताल विकास समितीले यथाशिघ्र ५० सैयाको बनाउन पहल गरिरहेको जिल्ला अस्पताल रुकुमका अध्यक्ष शिवलाल आचार्यले जानकारी दिनुभयो ।

यस्तै सरकारले स्वास्थ्य संस्थाहरुको क्षमताबृद्धि सगै दुर्गमका जनताहरुलाई जतिसक्दो बढीसेवा दिने उदेश्यले केहि नयाँ नीति तथा कार्यक्रमहरु सार्बजनिक गरेको भएपनि रुकुममा भने पुर्ण रुपमा कार्यान्यवयन भएको देखिदैन । जिल्ला अस्पतालमा सरकारले संचालन गरेको शसुल्क फार्मेसी सेवा तथा सरकारको स्वास्थ्य सम्बन्धीको निति तथा कार्यक्रमबारे रुकुमका स्थानियलाई भने केही जानकारी छैन ।

प्रतिक्रिया दिनुहोस्