२ गायिका सम्मानित



लमजुङ, (नेस)। लोक गायिकाद्वय माया गुरुङ र उमा गुरुङलाई जिल्ला सदरमुकाम बेंसीशहरमा आयोजित एक कार्यक्रममा सम्मान गरिएको। पूर्वमन्त्री एवं एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङ, पेल्हु संघका जिल्ला अध्यक्ष कप लिलबहादुर गुरुङसहितले गायिकाद्वयलाई सम्मानपत्र र गुरुङको जातीय चिनारी दिने कर्मो ओढाएर सम्मान गरेका हुन्।

प्ले हुँ संघ जिल्ला समितिले आयोजना गरेको दोस्रो वार्षिकोत्सवका अवसरमा गायिकाद्वयलाई सम्मान गरिएको हो। सम्मान ग्रहणपछि उनीहरूले आयोजक समितिलाई धन्यवाद दिँदै आफ्ना बहुचर्चित गाउँ–शहरमा लमजुङ दरबार, मायालाई दिने थिएँ फूलजस्तो जोवन भइसक्यो मेरो घरबार बोलको गीत प्रस्तुत गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्