कांग्रेसका १६ नेता कार्यकर्ता कारबाहीमा



सल्यान, (नेस)
नेपाली कांग्रेस सल्यानका पूर्वउपसभापतिलगायत १६ जना कांग्रेस नेता कार्यकर्ता कारबाहीमा परेका छन्। स्थानीय तह निर्वाचनमा अन्य पार्टीलाई सघाएर अन्तरघात गरेको भन्दै पार्टीको २ नं. क्षेत्रीय जिल्लाका पूर्वउपसभापति केशबहादुर विष्टलगायत १० जनालाई आजीवन साधारण सदस्य नरहने गरी कारबाही गरेको पार्टीका क्षेत्रीय सचिव नवीन पौडेलले जानकारी दिनुभएको छ।
सदस्य नरहने गरी कारबाहीमा पर्नेहरूमा दीपेन्द्र कुवर, डम्मर खत्री, विष्णु शर्मा, खड्ग केसी, सावित्रा राई, टोपबहादुर मल्ल, तुलसीराम बस्नेत, रेशम बुढाथोकी, धनबहादुर विश्वकर्मा छन्।

त्यस्तै टीका केसी, श्यामनारायण रेग्मी, ध्रुव श्रेष्ठ, सचेत शाह, सहदेव थापा र गणेश केसीलाई १५ दिनभित्र स्पष्टीकरण लिइने पार्टीको बैठकले निर्णय गरेको छ। १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण आएमा उनीहरूलाई पहिलाकै पदमा राखिनेछ भने नआए साधारण सदस्य नरहने गरी कारबाही गरिने नेपाली कांग्रेस सल्यानले जनाएको छ।

सल्यानमा पार्टीका कार्यकर्ताले अन्तरघात गरेका कारण सोचेअनुसार मत ल्याएर विजय हासिल गर्न नसकेको पार्टीले जनाएको छ। १० स्थानीय निकाय रहेको सल्यानमा कांग्रेसले शारदा नगरपालिका, छत्रेश्वरी र त्रिवेणी गरी तीन स्थानमा विजय हासिल गरेको थियो।

प्रतिक्रिया दिनुहोस्