राजीनामा दिदै राजनीतिमा



दयाराम पण्डित⁄बाजुरा

बाजुराका विभिन्न सरकारी सेवामा कार्यरत कर्मचारीेहरू राजिनामा दिदै राजनीतिमा होमिएका छन्। २० वर्ष पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा उप प्रमुखमा भिड्नकालागि राजिनामा दिएका हुन। आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिनेमा शिक्षा स्वास्थ्य र प्राविधिक कार्यालयमा कार्यरत कर्मचारीले पदबाट राजिनामा दिएका छन्।

नेपाली कांग्रेसले बढिनन्दा नगरापालिकको उपमेयरको टिकट दिएपछि सत्यवादी मावि पाण्डुसैनमा कार्यरत शिक्षिका रितादेवी सिहंले शिक्षकबाट राजीनामा दिएकी हुन्।

जिल्ला प्राविधिक कार्यालय बाजुरामा कार्यरत ईन्जिनियर शृष्टी रेग्मीले पनि बुढिनन्दा नगरापालिका मै नेकपा एमालेबाट उपमेयरको टिकट पाएपछि जिल्ला प्राविधिक कार्यालयको ईन्जिनयर पदबाट राजिनामा दिएकी हुन्। त्यस्तै सुर्यदय प्रावि चैतेपिलमा कार्यरत शिक्षिका तारा खाती (थापाले)पनि राजिनामा गरेकी छन्। उनलेपनि कांग्रेसको तर्फबाट बुढिगंगा नगरपालिकाको उपमेयरका लागि टिकट पाएकी छिन्।

मालिका उच्च मावि मार्तडीमा कार्यरत सहओभरसियर शिक्षिका गिता रावलले राजीनामा दिएर नेकपा एमालेबाट बढिमालिका नगरपालिकाको उपमेयरको टिकट पाएकी हुन्।

मालिका उच्चमावि कै शिक्षक दलवहादुर थापाले नेकपा एमाले बाट बढिमालिका नगरपालिका वडा नं ८को वडाअध्यक्षका उम्मेदवारको लागि टिकट पाएर चुनावी मैदानमा छन्। कांडा स्वास्थ्य चौकीमा कार्यरत अनमी पवित्रा शाहीले नेकपा एमाले छेडेदह गाउँपालिकाको उपाध्यक्ष पाउने भएपछि अनमिवाट राजीनामा गरेकी हुन्। यता मष्टा निमावि आटिचौरमा कार्यरत शिक्षिका सत्यकुमारी रोकाया रावतले पनि छेडेदह गाउँपालिकाको उपाध्यक्षको उम्मेदवारका लागि शिक्षिकवाट राजिनामा दिएकी थिईन। तर, पाटीले भेग र क्षेत्र मिलाउँन खोज्दा रोकायले उपाध्यक्षको टिकट हातपार्न सकिनन्।

चारैजना शिक्षक शिक्षिकाले जिल्ला शिक्षा कार्यलय बाजुरामा राजीनामा दिएर स्वीकृत पनि भईसकेको जिल्ला शिक्षा अधिकारी नागेन्द्र रेग्मीले जानकारी दिनु भएको छ।

स्थानीय तहमा महिला उपाध्यक्ष अनिवार्य समावेशी नीति लिएपछि सकारी नोकरीवाट राजीनामा दिएर महिला उम्मेदवार उठाएको राजनीतिक दलका नेताले वताएका छन्।

प्रतिक्रिया दिनुहोस्