गलाउने पद



जान लागेको मन्त्रिपरिषद्का चर्चित स्वास्थ्यमन्त्री गगन थापाले अस्ति पत्रकार सम्मेलन गरेर फेरि पनि आफू त्यही पदमा आउन पाए अझ राम्रो काम गर्ने थिएँ भन्नुभएको धरहराले पनि सुनेको छ। यसबारेमा धरहराको कुनै टिप्पणी छैन। उहाँकै पार्टी सभापति प्रधानमन्त्री हुन लागेका बेलामा उहाँले फेरि मन्त्री दाबी गर्नु अनौठो पनि होइन।
तर, धरहरालाई एउटा कुराचाहिँ रमाइलो लाग्यो है पाठकवृन्द। यो मन्त्री भन्ने पदचाहिँ गजबकै रहेछ। जसले गगनजत्तिका युवालाई पनि गलाउँदो रहेछ। छोड्नै नपाए हुन्थ्यो भन्ने बनाउँदो रहेछ। अनि अरूले किन मरिहत्ते गर्दैनथे त? धरहरा पनि भन्छ– राम्रै काम गरेका गगन, ऊर्जामन्त्री जनार्दन शर्मा जस्तालाई दोहोर्याए पनि फरक पर्दैन। केही पनि नगर्नेभन्दा त २५ प्रतिशत नै भए पनि काम गर्ने परे भने चित्त बुझाउनुपर्दछ। कि कसो पाठकवृन्द? रिसानी माफ पाऊँ है

प्रतिक्रिया दिनुहोस्