२८ गतेसम्म रोक्न सर्वोच्चको आदेश



काठमाडौं, (नेस)
सर्वोच्च अदालतले चितवनको भरतपुर वडा नं १९ मा पुनः मतदान गर्ने निर्णय २८ गतेसम्म कार्यान्वयन नगर्न सोमबार अन्तरिम आदेश दिएको छ। भरतपुरमा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै परेको रिट उपर सोमबार भएको सुनुवाइका क्रममा न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले २८ गते दुवै पक्षलाई झिकाएर अन्तरिम आदेश दिने कि नदिने भन्ने छलफल गर्ने अन्तरिम आदेश दिएको छ। त्यसबेलासम्म हालको प्रक्रियालाई यथास्थितिमा राख्न निर्देशन दिइएको छ।

रिट निवेदकको पक्षबाट वरिष्ठ अधिवक्ता तथा नेपाल बार एसोसियनका पूर्वअध्यक्ष शम्भु थापा, बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई, गोविन्द बन्दीलगायतले बहस गर्नुभएको थियो। भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएको थियो।

निर्वाचन आयोगले मतदानस्थल कब्जा भएको ठहर गर्दै पुनः मतदान गर्ने निर्णय गरेको थियो।
प्रमुख विपक्षी नेकपा एमालेले यो निर्णय अस्वीकार गर्दै संसद् अवरुद्ध गरिरहेको बेलामा सो सम्बन्धमा भरतपुरका गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले गत आइतबार रिट दायर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्