रिलायन्स फाइनान्सको नयाँ शाखा खुल्यो



नेपाल समाचारपत्र
काठमाडौं
रिलायन्स फाइनान्सले झापाको चारआलीमा आफ्नो नयाँ शाखा खालेको छ। उक्त शाखा कम्पनीका अध्यक्ष धर्मेन्द्रकाजी श्रेष्ठले उद्घाटन गर्नुभयो।

शाखा कार्यालयको उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक रवीकृष्ण श्रेष्ठ तथा उपप्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठलगायतको उपस्थित रहेको थियो। संस्थाले हालसम्म निक्षेप ३ अर्ब १० करोड तथा २ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको छ। धर्मेन्द्र काजी श्रेष्ठले शहर बजारमा मात्र नभई तराई पहाड तथा गाउँमा बस्ने समुदायलाई समेत सेवा दिने भावनाले यस शाखा सञ्चालन गरेको बताउनुभयो। १ अर्ब अधिकृत पुँजी तथा ५१ करोड २५ लाख चुक्ता पुँजी रहेको छ।

प्रतिक्रिया दिनुहोस्