ज्योतिषीको बिगबिगी



सर्वोच्च अदालतमा कुनै पनि विषयको रिट परेपछि अहिले बजारमा ‘अब यस्तो आदेश आउँछ’ भनेर पूर्वानुमान गर्नेहरूको अहिले बाढी आएको धरहराले देखेको छ।हिजो धरहरावरपर आएका केहीले नाम नै लिएर फलाना श्रीमानको इजलासमा फलानो मुद्दा पर्यो भने लेखेर राख्नुस् यस्तो आदेश आउँछ भन्दै थिए।

तर, धरहरालाई भने त्यस्ता कुरामा पटक्कै विश्वास छैन। विगतमा जुनसुकै आस्थाको भए पनि सर्वोच्चमा गइसकेपछि सबै श्रीमान्ले निष्पक्ष भएर दूधको दूध पानीको पानी छुट्याउनुहुन्छ भन्ने यसलाई लाग्छ। त्यसैले यस्ता ज्योतिषीहरूको कुरामा धरहरालाई पटक्कै विश्वास छैन है पाठकबृन्द। हैट्, मान्छेहरू पनि के साह्रो ज्योतिषी भएर निस्केका होलान् ? कहिलेकाहीं त यो निर्जीव धरहरा नै आश्चर्यमा पर्छ भन्या।

प्रतिक्रिया दिनुहोस्