बुढीगण्डकी जलविद्युत् निर्माणका लागि सम्झौतामा हस्ताक्षर



काठमाडौं, नेस ।
१२ सय मेगावाट क्षमताको निर्माण सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड ९सीजीजीसी० बीच आईतबार उक्त सम्झौतामा हस्ताक्षर भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र ९सीजीजीसी० प्रतिनिधिले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना धेरै महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीयढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहरूको सहभागिता थियो ।

यही जेठ ९ गतेको मन्त्रीपरिषद बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्