सांगीतिक कार्यक्रमबाट विद्यालयलाई कम्प्युटर सहयोग



गायक हेमन मोक्तानले आफ्नो हेमन मोक्तान फाउन्डेसनमार्फत् अँध्यारोबाट उज्यालोतिरको यात्रा शिक्षाका लागि साङ्गीतिक अभियान चलाएका छन्। अभियानअन्तर्गत गायक हेमनले सिन्धुलीको सुनकोशी गाउँपालिका– १ दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयलाई १० थान कम्प्युटर हस्तान्तरण गरेका छन्।

उक्त कम्प्युटर ल्याबको युएईस्थित नेपाली व्यवसायी तथा समाजसेवी उमेश कुमार न्यौपानेले शुभारम्भ गरे। गायक हेमनले हालै युएईमा एक महिने सांगीतिक अभियान सम्पन्न गरेका थिए। उनले अभियानबाट संकलित रकमबाट विद्यालयलाई कम्प्युटर सहयोग गरेका हुन्। विद्यालयका प्रधानाध्यापक नारायण नेपालले कम्प्युटर दाताहरूलाई धन्यवाद दिँदै दाताहरूको सहयोग र साथले विद्यालयले गुणस्तरीय शिक्षा प्रदानमा सफलता प्राप्त गरेको बताए। कार्यक्रममा गायक हेमन मोक्तान र नारायण थापाले गीत प्रस्तुत गरेका थिए भने विद्यालयका बालबालिकाले नृत्य र कविता प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्