समाचारपत्रकर्मी तिमल्सिना सम्मानित



काभ्रे, (नेस)
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ काभ्रे शाखाले नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष र महासंघकै जिल्ला अध्यक्षलाई सम्मान गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको छ।

पुस्तक तथा स्टेनसरी व्यवसायी महासंघ काभ्रेका अध्यक्ष सूर्यनारायण नापित २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिका वडा नम्बर १३ बाट वडा अध्यक्षमा निर्वाचित भएका थिए भने नेपाल पत्रकार महासंघ काभ्रे शाखामा नेपाल समाचारपत्रकर्मी तथा चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना निर्वाचित भएका थिए। दुवै अध्यक्षलाई व्यवसायीले बधाई व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामनासहित सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्